Logo

पशुपति क्षेत्रमा पुनःनिर्माण एवं दर्शन मार्गमा ढुंगा बिच्छ्याउने चार आयोजना स्वीकृत



Spread the love

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा पुनःनिर्माण एवं दर्शन मार्गमा ढुंगा बिच्छ्याउने कामका लागि चार वटा आयोजनाको बोलपत्र स्वीकृत भएको छ ।

पशुपति क्षेत्र विकास कोषको निर्णयबमोजिम दर्शन मार्गमा ढुंगा छाप्न धर्म एस निर्माण सेवा प्रालिलाई छनोट गरिएको छ । यसका लागि रु तीन करोड ३९ लाख ५२ हजार नौ बजेट स्वीकृत भएको छ ।

देवता घर (द्योछें) पुनःनिर्माणका लागि धर्म एस÷गौरी गणेश जेभीको प्रस्ताव स्वीकृत भएको छ । देवता घर पुनःनिर्माणका लागि रु दुई करोड १५ लाख ३० हजार ४०५ बजेट विनियोजन गरिएको छ ।

किराँतेश्वर सत्तल संरक्षण तथा पुनःनिर्माण गर्न प्रेरा/गौरी गणेश जेभीलाई जिम्मेवारी दिइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । सत्तल संरक्षण तथा पुनःनिर्माणका लागि रु तीन करोड ९४ लाख ५० हजार ४५६ बजेट स्वीकृत गरिएको उनले जानकारी दिए ।

यसैगरी इँटापाखामा प्रस्तर फलक छाप्न सिएम÷तुल्सी जेभीले ठेक्का पाएको छ । यसका लागि रु दुई करोड २४ लाख १५ हजार ६८६ बजेट विनियोजन गरिएको छ ।

निर्माण व्यवसायीले मूल्य अभिवृद्धि करसहित कबोल गरेको रकमका आधारमा ठेक्का दिइएको कोषले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्