नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ‘लुट’ निर्माता माधव वाग्लेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले नक्कली नोटको कारोबार गरेको भन्दै गत जेठमा पूर्पक्षको लागि थुनामा पठाएको थियो । निर्माता वाग्ले २५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।
प्रहरीले जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको थियो । नेपाल राष्ट्र बैंकले निर्माता वाग्लेको साथबाट भेटिएको नोट ‘जाली’ रहेको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
चलचित्रको लागी छापिएको नोट चलचित्रका प्राविधिकले विभिन्न प्रयोजनका लागी प्रयोग गरेको कारण वाग्ले पक्राउमा परेका थिए । पक्राउ परेको करिब २ महिना पछि उनी शुक्रवार २५ लाख धरौटीमा छुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस्