बुधबार नेपाली क्रिकेटसामू खुसी र पीडा एकसाथ आयो ।वर्षौको मेहनतको फलका रुपमा एकदिवसीय क्रिकेटको यात्रा आरम्भ गर्दाको खुसी थियो तर नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्यान्ड्ससँग पराजित बनेको छ ।
टप अडरका ब्याटिङ नचल्दा नेपालने नेपालल्याण्ड्सँग ५५ रनले पराजित हुन पुगेको हो ।नेदरल्यान्ड्सको १९० रनको लक्ष्य पाएको नेपाल ४१ दशमलव ५ ओभर खेल्दा सबै विकेट गुमाउँदै १३४ रनमा समेटियो । उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । अनिल व्यक्तिगत २१ रनमा आउट भए ।
त्यसपछि दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भए । थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल पनि पभेलियन फर्किए ।
आरिफ शेख र छैटौं नम्बरमा आएका सोमपाल कामी पनि चलेनन् । छैटौं विकेटका रुपमा बसन्त रेग्मी आउट हुँदा नेपालको स्कोर १०६ रन थियो ।
दिपेन्द्र सिंह ऐरीले टिकेर खेल्न खोजे पनि व्यक्तिगत ३३ रनमा आउट भए ।
बलिङतर्फ नेदरल्यान्ड्सका पीएम सेलर, रिप्पोन र क्लास्सेनले समान ३–३ विकेट लिए ।
नेदरल्याण्ड्सकाे ब्याटिङ ध्वस्त बनाउने क्रममा पारस खड्काले ४ विकेट, सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने, वसन्त रेग्मी र करण केसीले १-१ विकेट लिए ।
नेपाल २ खेलको एकदिवसीय सिरिजका लागि नेदरल्यान्ड्स पुगेको हो र दोस्रो खेल शुक्रवार हुने जनाइएकाे छ ।