Logo

’‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’ को अडिसन शनिबारदेखि



Spread the love

थ्रिडी नेपाल र एम.पि. इभन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा ’नेपाल नेक्स्ट सुपरस्टार २०१८’ आयोजना हुने भएको छ । मोडलिङ, मिडिया र चलचित्र क्षेत्रमा आजका युवा पुस्ताको लगाव र झुकावलाई ध्यानमा राखेर यस क्षेत्रमा आफ्नो भविष्य बनाउन इच्छुक युवा युवतीहरुलाई दक्ष, सक्षम, योग्य र व्यवसायिक बनाउने अभिप्रायबाट ‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’ नामक मोडलिङ व्याकरणमा आधारित मोडलिङ प्रतियोगीताको आयोजना गरिन लागिएको हो ।यो प्रतियोगीताको आवेदन खुल्ला गरिएको छ भने यसको पहिलो अडिसन आँउदो श्रावन १९ गते सनिबार हुने छ । काठमाडौं न्यूरोड, बिशालबजार स्थित बेन्टो लाउन्ज एण्ड बारबाट सुरु हुने अडिसन धरान, इटहरी, बिरगंज, बिराटनगर, बिर्तामोड, हेटौडा, बुटवल, नेपालगञ्ज, पोखरा, चितवन हुँदै पुन काठमाडौमा आएर नै सकिनेछ । अडिसन अवधिभर द एलिमेन्टस् र दिब्य धुनी ब्यान्डले प्रतियोगिताको प्रवर्द्धनको लागि साथ रहि बिभिन्न सहरहरुमा आफ्नो प्रस्तुतीहरु दिनेछन् ।

अडिसनबाट छनौट भएका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा समावेश गर्नको लागि विभिन्न ख्याति प्राप्त प्रशिक्षक र कलाकारहरुबाट एक महिनासम्म प्रशिक्षण प्रदान गरिनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङ लगायत विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण दिनेछन् ।प्रतियोगिताका विजेता लगायत अन्य उत्कृष्ट सहभागिहरुलाई अन्तर्रा्ष्ट्रिय फेसन शो, अन्तर्रा्ष्ट्रिय सौन्दर्य प्रतियोगिता, चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, फेसन शो, मिडिया प्रोमोशन आदिमा अवसर प्रदान गरिनेछ ।

सहभागिताका लागि कम्तीमा एसएससी वा एसइइलाई न्युनतम शैक्षिक योग्यताको मापदण्ड मानिएको छ भने पुरुष सहभागीको हकमा उमेर १८ देखि २६ वर्ष र उचाईं न्युनतम ५ फिट ५ इन्च तथा महिला सहभागिको हकमा उमेर १८ देखि २६ वर्ष र उचाई न्युनतम ५ फिट २ इन्च तोकिएको छ ।

प्रत्येक सहभागीले आईएलटिस् र जापानी भाषाको प्रशिक्षण निशुल्क प्राप्त गर्नेछन् । विजेताले नगद पुरस्कार रु. एक लाख, फेसन डिजाइनिङको एक वर्षे कोर्षमा पचास प्रतिशत छुट, पाँच दिनको थाइल्याण्ड भ्रमण, चलचित्रमा तथा अन्तर्रा्ष्ट्रिय फेसन शोको सहभागिताको अवसर प्राप्त गर्नेछ । प्रतियोगिताका फ्रस्ट तथा सेकेन्ड रनर अपले फेशन डिजाइनिङको एक वर्षे कोर्षमा क्रमशः पच्चीस तथा पन्ध्र प्रतिशतको छुट प्राप्त गर्नेछन् साथै म्युजिक भिडियो, विज्ञापन तथा फेसन शोमा अवसर प्राप्त गर्नेछन् ।

मुख्य तीन उपाधि बाहेक प्रतियोगितामा फोटोजेनिक, फ्रेन्डशीप, ट्यालेन्ट, पर्सनालिटी, पब्लिक च्वाइस, वेष्ट वाक, कन्फिडेन्स लगायतका विधामा पनि विजेता चयन गरिनेछ । प्रतियोगिताको मुख्य प्रतिस्पर्धा राजधानीमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्