नेपाली हिन्दु नारीको महान पर्व नजिकिँदै गर्दा तीजका गीतको बजारमा आउने क्रम पनि बढिरहेको छ । तीजकै लागि भनेर नेपाली लोक गायक गायिकाले वर्षै पिच्छे नयाँ-नयाँ तीज गीत गाउने गरेका छन्। ती मध्ये केहीले राम्रै बजार पाउँछन् भने केही चाहिँ बजारमा निस्किन नपाउँदै मर्छन्।यीनै तीज गीतको भिडमा सन्तोष श्रेष्ठको सर्बोकृष्ट लय सिर्जनामा गायिका लिला कंवर गुरुङ र चन्द्रा चलाउनेको संयुक्त्त तीजको कोशेली “सौता २”को भिडियो सार्वजनिक भएको छ ।नेपाली मौलिक संस्कृतिको पर्व तीजमा गाइने गीतको बेग्लै विशेषता छ । तर आधुनिक समयमा यो गीत–सङ्गीतको संस्कृति विस्तारै विकृत बन्दै गएको भन्दै यसका पारखीले विकृति रोक्नुपर्ने सुझाव दिएका छन् ।अहिले सहरबजार, गाउँघर र विदेशमा पनि तीज एक महत्वपूर्ण चाड रूपमा मनाइन्छ ।तीज आउनुभन्दा लगभग एक महिना अघिदेखि यसको साङ्गीतिक माहोल पनि तयार भइसकेको हुन्छ । लोकदोहोरी गायक गायिकाहरुलाई त तीज आउनु भनेको दशैं आए जस्तो हुन्छ । उनीहरुको माग उच्च हुन्छ । कमाइ गर्ने राम्रो अवसर पनि हुन्छ । त्यसैले उनीहरुले गीत तयार गर्ने काम तीज आउनुभन्दा दुई तीन महिनाअगाडि नै सुरु गर्दछन् ।
तीजका गीतमा विकृति बढीरहेका बेला उनले भने गाउँघरका भाका संकलन गरी तीज गीत तयार पारेकी छन । आफूले गाउँकै भाका संकलन गरेर तीज गीत तयार पारेको गायिका लिला कंवर गुरुङले बताईने । ‘जसरी पनि विकाउने उद्देश्य मेरो होइन, तीज हाम्रो परम्परा हो, हाम्रो संस्कार हो, त्यसैले तीजका लागि तीजकै विषय समेटेर गीत तयार पारेको छु, व्यापारका लागि त जस्तो गीत निकाले पनि हुन्छ, जहिले निकाले पनि हुन्छ’ तर आफनो मौलिक सस्कारलाई गलत तरिकाले आफनो गीतमा प्रयाग नगरिएको उनले दावि गरिन ।
लिला कंवर गुरुङको मौलिक शब्द सिर्जनामा सन्तोष श्रेष्ठको लय सिर्जना रहेको छ । दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । भिडियोमा निरु खड्का , दमन रुपाखेती , विन्दु वि एमको अभिनय तथा नित्य रहेको छ । गीतको भावहरुलाई जिवन्त रुपमा भिडियोमा निर्देशन काजिश श्रेष्ठले दिएका छन ।
हेर्नुहोस् भिडियो:
https://youtu.be/YOMMv0WHzWM