चार वर्षअघि बेपत्ता भएको मलेसियाली विमान एमएच ३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख गरेको छैन ।
परिवारका सदस्यहरूले आधिकारिक अनुसन्धान टोलीको प्रतिवेदनले कुनै निष्कर्ष निकाल्छ कि भन्ने आशा गरेका थिए तर आशा निराशमा परिबर्तन हुदा विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन् ।उक्त विमानमा २३९ यात्रु सबार थिए ।
‘यो प्रतिवेदन अत्यन्त निराशाजनक छ,’ इन्तान माइजुरा ओथमानले बताए । उनका पति बेपत्ता भएका विमान एमएच ३७० मा फ्लाइट स्टेवार्ड थिए । ‘म अति हतोत्साहित छु । प्रतिवेदनमा नयाँ कुरा केही पनि छैन । यातायात मन्त्रालयका अधिकारीहरूले हाम्रा प्रश्नको जवाफ दिन सकेनन् ।’ धेरैले प्रश्न सोधेका थिए,’ जी. सुब्रमनियमले बताए । उनका छोरा यही विमानमा सबार थिए । अधिकारीहरूबाट चित्तबुझ्दो प्रतिक्रिया नपाएपछि धेरैजना क्रुद्ध बनेका थिए ।’ हिन्द महासागरको एक लाख २० हजार वर्ग किलोमिटरको क्षेत्रमा खोजी गर्दा पनि उक्त विमानको कुनै संकेत भेटिएको छैन । अस्ट्रेलियाले गत वर्ष जनवरीबाट यो विमानको व्यापक खोजी अभियानलाई स्थगित गरेको छ ।
अमेरिकी कम्पनी ओसन इन्फिनिटीले ‘नभेटिए शुल्क दाबी नगर्ने’ शर्तमा यसै वर्षको शुरुदेखि पुनः खोजी अभियान थालेको थियो । यस कम्पनीले उच्च–प्रविधियुक्त ड्रोनको सहायताले समुद्रमा खोजी गरेको थियो । तर, विमानका कुनै पनि अवशेष नभेटिएपछि खोजी अभियान रोकेको छ ।
पारदर्शिताका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने घोषणा गरेको मलेसियाको नयाँ सरकारले बेपत्ता विमानका बारेमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्ने चुनावताका घोषणा गरेको थियो ।
उक्त बिमान २०१४ मार्च मा मलेशियाबाट चिन को राजधानी बेइजीङ्ग्ग तर्फ जादै गर्दा बेपत्ता भएको थियो ।
स्रोत एजेन्सी