Logo

रुपन्देहि र गुल्मीमा इन्जिनियरहरु ३७ लाख घुस सहित पक्राउ



Spread the love

सडक डिभिजन कार्यालय रुपन्देही प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । घुस रकम लिएर घर तर्फ जाँदै गर्दा उनकी श्रीमती समेत पक्राउ परेकि छिन् ।अख्तियार दुरुपयोग अनुसन्धान अयोग बुटवल बाट खटिएको टोलीले ठाकुरलाई आज दिउँसो भैरहवाबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख दिनेश आचार्यले बताए ।

३६ लाख रकम मध्ये केही नगद बरामद भएको र केही पैसा बैंकमा जम्मा भइसकेको थियो । बैंकमा जम्मा भएको भौचरहरु पनि आयोगले बरामद गरेको छ । कुन सडकको रकम भने आचार्यले स्पष्ट खुलाएन् । आचार्यले भने, ‘घुसको रमक लिएर श्रीमती घर जाँदै गरेको सूचनाको आधारमा श्रीमान–श्रीमतीलाई प्रकाउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान हुँदैछ ।’

अख्तियार दुरुपयोग अनुसन्धान अयोग बुटवलको समन्वयमा हैटौंडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा उनी बाटैबाट पक्राउ परेकी हुन् ।

सडक निर्माणको बिल भुक्तानीका लागि ठाकुरले ठेकदारसँग ठुलो रकम असुलेका हुन् । तेस्तै अख्तियार बुटवलको टोलीले आजै बिहान गुल्मीको सदरमुकाम तम्घासबाट पनि सब इन्जिनियर प्रकाश झालाई प्रकाउ गरेको छ ।

अख्तियारको बुटवलस्थित कार्यालयले टोली सिमलटारी प्यूठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झालाई एक लाख रुपैयाँ घुससहित तम्घासबाट प्रकाउ गरिएको प्रमुख आचार्यले बताए ।

प्रकाउ परेका सबै तीनै जना अख्तियारको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्