Logo

कांग्रेसको आन्तरिक भागवण्डाको कारण मन्त्रिपरिषद जम्बो बन्दै



Spread the love

Singha-Darbar

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले आफ्नो  पार्टीको आन्तरिक विवाद समाधान गर्नको लागि मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्री प्रचण्ड सँग छलफल गरिराखेका छन् ।

कांग्रेसले आठ भन्दा बढी राज्यमन्त्री पाउनु पर्ने माग गरेको छ  तर प्रधानमन्त्री प्रचण्डले जम्बो मन्त्रिमण्डलको दोष आफ्नो टाउकोमा आउने भन्दै राज्यमन्त्रीको संख्या घटाउन कांग्रेस सँग छलफल गरिराखेका छन् ।

रामचन्द्र पौडेल पक्षले कम्तीमा ४ राज्यमन्त्रीको माग गरिराखेको तेसमाथी कृष्ण सिटौला समूहले पनि छुट्टै माग गरेकाले देउवा आन्तरिक भागवण्डाको दबाबमा छन् ।

त्यस्तै राप्रपाले समेत आफ्ना दुवै मन्त्रालयमा राज्यमन्त्री मागेको छ । प्रधानमन्त्रीले एक राज्यमन्त्री दिने आश्वासन दिएको राप्रपा स्रोतको दाबी छ ।

अहिले  कांग्रेसका एक उपप्रधानमन्त्रीसहित १५ जना मन्त्री छन् भने माओवादी केन्द्रका प्रधानमन्त्री र एक उपप्रधानमन्त्रीसहित ८ मन्त्री र चार जना राज्यमन्त्री छन् ।

अहिलेको अवस्था हेर्दा मन्त्रिपरिषद ४४ सदस्यीय हुने सम्भावना रहेको छ । अब बिस्तार हुने मन्त्रिपरिषदमा माओवादी केन्द्र बाट भने  जाने  छैनन् । मन्त्रिपरिषद विस्तार तिहार अघी नै हुने सम्भाबना रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्