Logo

सरकारसँग रिसायो राजपा ! कारण छ यस्तो



Spread the love

सरकारलाई माग पूरा गर्न समयसीम दिएर समर्थन फिर्ता लिने तयारी गरिएको राजपा नेताहरुले बताएका छन् भन्ने खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

साउन ३ मा राजपा अध्यक्ष मण्डलका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आफ्ना माग सुनाएका थिए । 

माग सुनाएको एक साता नाघ्दा पनि सरकारले माग पूरा गर्नेबारेमा सामान्य चासोसमेत नराखेको भन्दै राजपाका नेताहरुले सरकारविरुद्ध आक्रोश पोखेका छन् ।

सरकारले पार्टीभित्र आन्तरिक भागबन्डा मिलाउन एउटा मन्त्रालय फुटाउने निर्णय गरेपछि राजपा सरकारमा जाने सम्भावना पूरै बन्द भएको छ ।

फुटाएको मन्त्रालयमा प्रधानमन्त्रीले वर्तमान सरकारकै एक राज्यमन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्