सल्लेरी खबर, काठमाडौं । इङ्ग्ल्याण्ड टुरमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो ४ ओटा अभ्यास खेल सम्पन्न गरेको छ । जसमा ३ खेलमा सानदार जित हासिल गरेको छ, भने १ खेल मा सम्मानजनक हार बेहोरेको छ ।
जुलाई २१ मा भएको पहिलो (५०/५० ) अभ्यास खेलमा नेपालले इङ्ग्ल्याण्डको हैम्पसायर क्लबलाई २४३ रनको भारी रनअन्तरले पराजित गरेको थियो । जुन खेलमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले १०५ बलको सामाना गर्दै १६१ रन जोडेका थिए, भने बलिङ्ग तर्फ ललित राज ले ५ विकेट लिएका थिए ।
त्यस्तै दोस्रो (२०/२०) अभ्यास खेलमा भने नेपालले इङ्ग्ल्याण्डको क्रोस क्लब सँग १९ ले पराजित भएको थियो । १६७ रनको लक्ष्य पछाएको नेपालले पुरै २० ओभर खेल्दै मात्र १४७ रन जोडेको थियो, जसमा नेपालका लागि युवा खेलाडी अनिल कुमार शाहले ५६ रन र आरिफ शेख ले ३५ रन जोडेका थिए ।
तेर्सो खेल
जुलाई २५ मा भएको तेर्सो(५०/५०) अभ्यास खेलमा नेपालले इष्ट लन्डन -११ लाई २२३ को भारी रन अन्तर ले पराजित गरेको थियो । नेपालका लागि युवा खेलाडी अनिल कुमार शाहले शतक प्रहार गरेका थिए भने शरद भेषवाकरले ९८ रनको योगदान दिएका थिए, त्यस्तै बलिङ्ग तर्फ शक्ति गौचन ले ४ विकेट लिएका थिए ।
चौथो तथा अन्तिम (२० /२०) अभ्यास खेलमा नेपालले इष्ट लन्डनलाई १३४ रनले पराजित गरेको थियो । नेपालको ब्याटिंग तर्फ ३ जना ब्याटमेन्स ले अर्धसतक पुरा गरेका थिए । लामो समयपछि फर्ममा देखिएका उप कप्तान मल्लले राम्रो पर्दशन गरे । उनले सर्वाधिक ७५ रन जोडे भने कप्तान खड्का र युवा खेलाडी दीपेन्द्र सिंह एरिले समान ६७ रनको योगदान गरेका थिए, त्यस्तै बलिङ्ग तर्फ सन्दीप लामिछानेले ३ तथा ललित राज र करण के.सीले समान २ विकेट लिएका थिए ।
पछिल्लो अभ्यास खेलमा ब्याटिङ्गलाइन सुध्रिएको अवस्था देख्दा सामाजिक सञ्जालहरूमा नेपाली खेलप्रेमीहरू उस्साहित देखिन्छन् ।
नेपालले पहिलो ओडिआई अगष्ट १ र ३ मा नेदरल्याण्ड बिरुद्द खेल्दै छ ।