Logo

जग्गा बाँझो राखे अर्कैलाई दिइने



Spread the love

रुपन्देहीको सैनामैनमामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन ।  नत प्लटिङका नाममा जग्गा खालि छाड्ने छुट हुनेछ। 

प्लटिङ गरेर स–साना टुक्रा समेतमा जे मिल्छ, त्यही खेती गर्नु पर्नेछ। नत्र सैनामैना नगरपालिकाले जग्गाावालाबाट जरिवाना असुल्ने छ।

जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैले भाडामा लगाउने खबर आजको कान्तिपुरमा छापिएको छ ।

खेतियोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए।

‘अब कुनै बहानामा खेतियोग्य जमिन प्लटिङ गर्न पाइने छैन’ उनले भने ‘यसअघि भएका प्लटिङ पनि खाली राख्न दिइनेछैनौं।’

प्रतिक्रिया दिनुहोस्