अस्ति
हामी दुवैले नेपाललाई माया गर्थ्यौ
हाम्रो सोच
नेपालमा केही क्रान्ति ल्याउनु पर्छ
त्यसैले हामी जे गर्थ्यौ देशका निम्ति
ऊ भन्थ्यो
तिम्रो र मेरो पसिनाले
त्यो माटोको तिर्खा मेटाएपछि
खुशी हुँदै पलाएको
हरियो दुबो लिएर
मात्र मन्दिर जाने
म भन्थे
तिम्रो र मेरो रगतले
देशका सबै कोश
निर्मल पारेर
नेपाल आमाको ओठमा
मुस्कान भरिदिएर
मात्र मन्दिर जाने
अस्ति देशलाई माया गर्ने हामी
हिजोदेखी,
एकअर्कालाई माया गर्न थालेछौ,
तर
त्यो हिजो र आजको दुरी
यति धेरै लामो हुन्छ‘
यति धेरै दर्दनाक हुन्छ‘.
कहिल्यै सोचिएन‘‘,,,,
म चाहन्थे जीवनमा यस्तो आज
कहिल्यै नआओस
जुन आजले पुरानो याद दिलाउछ,
नचाहदा नचाहदै आयो
त्यो आज..
भित्ताको पात्रोले देखायो उसको जन्मदिन
माया भन्न्ने यही होला सायद ,
आफुबाट टाढा भैसकेको मान्छेलाई
मनले केही उपहार सोच्दै थियो
दुवै नयन बन्द बनेर
उसलाई सोच्दै थिए,,
पुराना जन्मदिनहरु सोच्दै थिए ,
आफु हुर्किएको समाज सोच्दै थिए ,
हामीलाई छुटाउने अगुवाहरु सोच्दै थिए ,
बाहिर उस्तै तर
भित्र भित्र सबै सिध्दाइसकेका
ति धमिराहरु रमाइरहेछन
शायद उ पनि म जस्तै
नतमस्तक भएर हेरिरहेछ होला
बिचरा कती पिडा छ होला
नेपालको माटो भिजाउने पसिनाले
अरबको बालुवा भिजाउनुपर्दा
हर स्वासमा हौसला दिने
आमा काख छुटाएर
रेमिटान्सले देश बनाउने पागलहरुले
देशमा भएको रोजगार खोसेर,
‘‘‘प्रेम,,,,,,,खोसेर ..
का पुर्याए पुर्याए…..
कुनै जन्मदिनमा घोषणा गरेको,,
हाम्रो सपनाको देश सपनामै रहयो
हाम्रो गहिरो प्रेम गंगामै रहयो
,,कुनै दिन ती गंगाको मिलन सागरमा हुनेछ,
अनी दुवैका,‘..
स्वासमर्दा पनि बाचेर रहेका
ती आत्माहरुको मिलन
अनि त्यो मिलनका
खुशीका क्षणहरुको सबै पल‘‘‘
तिमीलाई जन्मदिनको उपहार हुनेछ
प्रतिक्रिया दिनुहोस्