Logo

सल्यानलाई अाज खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिदै



Spread the love

डिल्लीराज रावत
असार , १७ सल्यान

सल्याsalyan jillaन जिल्ला देशको ३७ औं खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुदैछ। जिल्लाका सबै गाविस तथा नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरेपछि जिल्लालाई नै शुक्रबार एक कार्यक्रमको आयोजना गरी खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो।
खुल्ला दिसामुक्त घोषणाको सम्पूर्ण तयारी पुरा भएको छ भने कार्यक्रमलाई सम्बोधन गर्न विभागिय मन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागि हुदै छन । कार्यक्रमको लागि मञ्च व्यवस्थापन, प्रचार प्रशार, अतिथी सत्कारको लागि पनि तयारी भैहरको छ ।
जिल्लालाई खुल्ला दिसामुक्त बनाउने गरी विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयको सहयोगमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले काम गरिरहेको छ ।खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहको उपस्थितिमा खुल्ला दिसामुक्त जिल्ला घोषणा हुॅदै छ।

प्रतिक्रिया दिनुहोस्