एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा आज जर्मनी र मेक्सिकोबच प्रतिष्पर्धा हुँदैछ । विश्वकप विजेता जर्मनी र मेक्सिकोबीचको खेल मोस्कोस्थित लुज्निकी रंगशालामा हुनेछ ।
नेपाली समयअनुसार आज बेलुकी पौने ९ बजे दुवै टोलीबीच प्रतिष्पर्धा हुँदैछ । ४ पटकको विश्वकप विजेता जर्मनी समूह चरणको पहिलो खेलमा जित हात पार्दै सुखद् सुरुवात गर्ने प्रयासमा रहेको छ मेक्सिको जर्मनीलाई रोक्ने रणनीतिमा छ । जर्मनीका उत्कृष्ट खेलाडी भए पनि लय अभाव रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
हेड टु हेड
जर्मनी र मेक्सिकोले अहिलेसम्म ११ पटक प्रतिस्पर्धा गरिसकेका छन् । अहिलेसम्मका खेलमा ६ खेल जर्मनीले जितेको छ भने ४ खेलमा बराबरीमा सकिएको छ । एक खेलमा भने मेक्सिकोले जितेको छ । १९७८, १९८६ र १९९८ को विश्वकपमा जर्मनीले मेक्सिकोलाई पराजित गरेको छ भने सन् १९७१ को मैत्रीपूर्ण खेल र सन् २००५ र २०१७ को फिफा कन्फेरेडेरेशन कपमा मेक्सिकोलाई पराजित गरेको थियो ।
त्यस्तै सन् १९६८, १९७७, १९९२ र १९९३ मा भएका मैत्रीपूर्ण खेलमा जर्मनीलाई मेक्सिकोेले बराबरीमा रोकेको छ । सन् १९८५ मा भएको अर्को खेलमा जर्मनीलाई मेक्सिकोले पहिलोपटक पराजित गरेको थियो ।
विश्वकपमा जर्मनी र मेक्सिकोका इतिहास
जर्मनी
जर्मनीले अहिलेसम्म ४ पटक विश्वकपको ट्रफी जितेको छ । २१ औं संस्करणको विश्वकपमा पनि जर्मनी उपाधिको दाबेदार राष्ट्रकै रुपमा परिचित छ ।
जर्मनीको आफुलाई सधैँ सशक्त टिमको रुपमा विश्वकपमा स्थापित गर्दै आएको छ । जर्मनीका खेलाडी अनुभवी र अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरेका क्षमतावान खेलाडीहरु छन् । सन् २०१४ को विश्वकपमा ह्याट्रिक गोल गर्दै उत्कृष्ट लयमा रहेका थोमस मुलर, एन्ड्रयु स्कुलर, म्यानुअल नेउर, मारियो गोमज लगायतका खेलाडी छन् ।
अहिलेसम्म जर्मनी ८ पटक फाइनलमा पुगेको छ भने ४ पटक उपाधि जित्दा ४ पटक उपविजेतामै चित्त बुझाएको छ । त्यस्तै, तेस्रो ३ र चौथो एक पटक भएको छ । सन् १९६६, १९८२, १९८६, २००२ मा जर्मनी उपविजेता बनेको थियो । सन् १९७०, २००६ र २०१० मा गरी तीन पटक तेस्रो भएको जर्मनी सन् १९५८ मा भने चौथो भएको थियो ।
सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपदेखि जर्मनीले सहभागिता जनाउँदै आएको छ । यद्यपी दोस्रो विश्व युद्धको सिकार बनेको जर्मनीले सन् १९५० मा ब्राजिलमा भएको विश्वकप भने खेल्न पाएन । स्वीट्जरल्याण्डमा सन् १९५४ मा भएको विश्वकपको उपाधि जर्मनीले पहिलो पटक उचालेको थियो । त्यसबेला फाइनलमा जर्मनीले हंगेरीलाई ३–२ गोलअन्तरले पराजित गर्दै इतिहास रचेको थियो । सन् १९७४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्ने अवसर जर्मनीले पायो । जुन विश्वकपको फाइनलमा नेदरल्याण्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै दोस्रो पटक जर्मनीले ट्रफि भिञ्याएको थियो । इटालीमा सन् १९९० मा भएको विश्वकपको पनि उपाधि जर्मनीले जितेको थियो । फाइनल खेलमा अर्जे्न्टिनालाई १–० गोलले पराजित गरेको थियो ।
तेस्रोपटक विश्वकपको उपाधि जर्मनीले जित्दा फाइनलमा सिकार भएको अर्जेन्टिना चौथोपटक जर्मनीले उपाधि जित्दा फेरि फाइनलमा अर्जेन्टिना नै सिकार बनेको थियो । त्यो पनि १–० गोलले नै । सन् २०१४ को विजेता जर्मनी यो पटक २०१८ को पनि उपाधि जित्ने लक्ष्यमा छ । उपाधि जर्मनीले जित्नु निकै कठिन छ तर असम्भव भने छैन । किनकी पहिलो प्रतिष्पर्धी मेक्सिको पनि कमजोर टिम भने होइन । यो कुरा जर्मनीले पनि राम्रोसँग बुझेको छ ।
प्लेयर्स टु वाच
थोमस मुलर
थोमस मुलर सशक्त योगदानमा जर्मनीले ठूला उपलब्धी पनि हासिल गरेको छ । थोमस मुलर त्यस्ता खेलाडी हुन् जसले विश्वकपमा सधैँ तहल्का मचाउँछन् ।
२८ वर्षीय मुलरले २०१० र २०१४ मा दुई पटक विश्वकप खेले । दक्षिण अफ्रिकामा सम्पन्न सन् २०१० को विश्वकपमा जर्मनीले समूह चरणको पहिलो खेलमा अष्ट्रेलियालाई ४–० गोलअन्तरले पराजित गर्दा मुलरको पनि १ गोल सामेल थियो । खेलको ६८ औं मिनेटमा मुलरले गरेको गोल नै उनको विश्वकपमा पहिलो गोल थियो ।
समूह चरणमा १ गोल गरेका मुलरले प्रि–क्वाटरफाइनलमा भने इंग्ल्याण्डविरुद्ध दुई गोल गरे । इंग्ल्याण्डलाई ४–१ गोलअन्तरले पराजित गर्दै जर्मनी क्वाटरफाइनलमा पुग्दा मुलरले खेलको ६७ र ७०औं मिनेटमा गोल गरेका थिए ।
लियोनल मेस्सी रहेको अर्जेन्टिनालाई क्वाटरफाइनलमा जर्मनीले ४–० गोलअन्तरले पराजित गर्दा मुलरले पनि एक गोल गरेका थिए । सेमिफाइनलमा जर्मनी स्पेनसँग १–० गोलअन्तरले पराजित विश्वकपबाट बाहिरिएको थियो ।
विश्वकपको तेस्रो स्थानको लागि भएको खेलमा उरुग्वेलाई ३–२ गोलअन्तरले पराजित गर्दा मुलरले खेलको १९औं मिनेटमा गोल गर्न भ्याए । मुलरले आफ्नो पहिलो विश्वकपमा नै दमदार प्रदर्शन गर्दै ५ गोल गर्न सफल भए । मुलरले २०१० को उत्कृष्ट युवा खेलाडी बन्दै गोल्डेन बुट प्राप्त गरेका थिए ।
ब्राजिलमा सम्पन्न सन् २०१४ को विश्वकप नजिकिँदै थियो मुलरको चर्चा पनि उतिनै बढ्दै थियो । नभन्दै पहिलो खेलमा नै जर्मनीले क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई ४–० गोलअन्तरले पराजित गर्दा मुलरले ह्याट्रिक गोल गरे ।
शानदार सुरुवात गरेका थोमस मुलरले समूह चरणको अन्तिम खेलमा अमेरिका विरुद्ध उनकै निर्णायक गोलमा जर्मनीले जित हात पारेको थियो । सेमिफाइनलमा आयोजक ब्राजिल विरुद्ध ७–१ गोलको ठूलो अन्तरले पराजित गर्दा मुलरको एक गोल पनि सामेल थियो ।
मुलरले दुई वटा विश्वकपमा गरेर अहिलेसम्म १० गोल गरिसकेका छन् । कतिपय विश्लेषकले मुलरले विश्वकपमा विश्व कीर्तिमान राख्ने बताउँदै आएका छन् । मुलरको रुस विश्वकपमा भने कस्तो प्रदर्शन होला ?
विश्वकपको लागि जर्मनी टिम
गोलकिपरः म्यानुअल नेउरे, मार्स एन्ड्रे टेरस्टेगेन र केभिन ट्रयाप
डिफेन्डरः माथियस गिन्टर, जोनस हेक्टर, जेरोमे बोटेङ, म्याट्स ह्युमेल्स, निक्लास सुले, जोस्हा किम्मिच, मार्भिन प्लटेनहार्ट र एन्टोनिओ रोडिगर रहेका छन् ।
मिडफिल्डर–फरवार्डः सामी खेडिरा, जुलियन ड्राक्स्लर, टोनी क्रुस, टिमो वेर्नर, मेसुट ओजिल, मार्को रेयुस, थोमस मुलर, लियोन गोरेट्ज्का, सेबस्टाइन रुडी, जुलियन ब्रान्ड्ट, इल्की गोन्डगन र मारियो गोमेज
मेक्सिको
पहिलो विश्वकपदेखि नै सहभागिता जनाएको मेक्सिकोको विश्वकपमा इतिहास पुरानो हो । तर, अहिलेसम्म मेक्सिकोले विश्वकपको उपाधि उचालेको छैन ।
२ पटक विश्वकपको क्वाटरफाइनलसम्मको अनुभव बटुलेको मेक्सिको राम्रो टिमकै रुपमा परिचित छ । सन् १९३० को पहिलो विश्वकपमा मेक्सिको समुह चरणबाटै बाहिरिएको थियो । २० विश्वकपको संस्करणसम्म आईपुग्दा मेक्सिकोले १५ पटक विश्वकप खेलको छ । जसमा सन् १९७० र १९८६ मा मेक्सिकोले विश्वकपको क्वाटरफाइनलसम्म पुगेको थियो । यो दुबै पटक क्वाटरफाइनल पुग्दा मेक्सिकोले दुबै विश्वकपको आयोजना गरेको थियो ।
मेक्सिकोेले पहिलो पटक सन् १९७० को विश्वकपको आयोजना गर्ने अवसर पाएको थियो । मेक्सिकोले एल साल्भाडोरलाई ४—० र बेल्जियमलाई १—० गोलले पराजित गरेको थियो भने समूह चरणकै अर्को खेलमा सोभियत यूनियनसँग गोरहित बराबरी खेलेको थियो । तर त्यो विश्वकपको क्वाटरफाइनलमा इटालीसँग ४—१ गोलले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो ।
सन् १९८६ मा दोस्रो पटक विश्वकपको आयोजना गरेको मेक्सिको यही विश्वकपको क्वाटरफाइनलसम्म पुगेको थियो । समुह चरणको खेलमा मेक्सिकोले बेल्जियमलाई २—१ र इराकलाई १—० गोलले पराजित गरेको थियो भने प्याराग्वेसँग १—१ गोलको बराबरी खेल्दै अन्तिम १६ मा पुगेको थियो । प्रिक्वाटरफाइनलमा मेक्सिकोले बुल्गेरियालाई २—० गोलले पराजित गर्दै क्वटरफाइनल प्रवेश गरेको थियो । क्वाटरफाइनलमा जर्मनीसँग ४—१ गोलले पराजित हुदै विश्वकपदेखि बाहिरिएको थियो ।
राफेएल माक्र्युज
राफेएल माक्र्युज त्यस्ता मेक्सिकन खेलाडी हुन् हुन् जसले अहिलेसम्म ४ पटक विश्वकप खेली सके । अब उनको यो अन्तिम विश्वकप हो ।
राफेएलको लागि यो अन्तिम मौका हो । उनले २००२ सालदेखि विश्वकप खेल्न थालेका हुन् । अहिलेसम्म आफ्नो टिमलाई विश्वकपमा निरन्तर सहभागि गराउन सफल राफेएल मेक्सिकोका लागि गौरव बोकेका खेलाडी हुन् ।
तर, अहिलेसम्म मेक्सिको प्रि–क्वाटरफाइनलबाट माथि जान सकेको छैन । ३९ वर्षीय राफेएलले सन् १९९७ बाट मेक्सिको टिमबाट खेल्न थालेका थिए । उनले सन् २००२, २००६, २०१० र २०१४ मा सम्पन्न विश्वकप फुटबल खेले । विश्वकपमा अहिलेसम्म मेक्सिकोको सफल यात्रा नभएपनि रुसमा हुने विश्वकपमा कस्तो रहला ?
विश्वकपकाल लागि मेक्सिको टिम
गोलरक्षकः ग्युलिर्मो ओचोआ, अल्फ्रेड तलाभेरा, जेसुस कोरोना
डिफेन्डरः कार्लोस सल्सेडो, डिएगो रेएज, हेक्टर मोरेनो, ह्युगो अयला, इड्सन अल्भारेज, जेसुस गेलार्डो र मिग्युल ल्यायुन
मिड्फिल्डरः राफेल माक्यूज, हेक्टर हेरेरा, जोनाथन डोस सान्तोष, ग्योभानी डोस सान्तोष, आन्ड्रेस गार्डाडो, जाभियर अक्युनो, जेसस कोरोना
फरवार्डः जाभिएर हेर्नान्डेज, राउल जिमिनेज, ओरिबे पेराल्टा, कार्लोस भेला, हिर्भिइङ लोजानो, मार्को फाबिय