काठमाडौं– जुम्लामा तारा एयरलाइन्सको विमान दुर्र्घटनाबाट जोगिएको छ । नेपालगञ्जबाट जुम्ला गएको कलसाइन नम्बर नाइन एन एइ भीको जहाज विभानस्थल अवतरणका क्रममा टायर पञ्चट भई ठोक्किएको हो ।
विमानमा सबार क्याप्टेन जे के निरौला सहित १८ जना यात्रु सकुसल रहेको यति एयरलाईन्सका बजार व्यवस्थापक भीमराज राईले जानकारी दिए ।
टायर पञ्चर भई अनिन्त्रित भएर तारको जालीमा ठोक्किदा विमानको अगाडिको भागमा सामान्य क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्