Logo

सलमान खानलाई सार्वजनिक ठाउँमा पिट्नेलाई २ लाख पुरस्कार घोषणा !



Spread the love

बलिउड अभिनेता सलमान खानको विवाद र चर्चामा आउने कुरा नौलो होइन । पटक–पटक आफ्नै व्यवहारका कारण विवादमा आउने सलमान यसपटक भने भिनाजुका कारण विवादित बनेका छन् ।

सलमान खानको निर्माणमा बन्न लागेको चलचित्र ‘लभरात्री’ ले हिन्दू समुदायको भावनामा ठेस पुर्याएको भन्दै सुपरस्टारलाई पिट्नेलाई २ लाख पुरस्कार दिने ‘हिन्दू हि आगे’ नामक संस्थाका अध्यक्ष गोविन्द परासरले घोषणा गरेका छन् ।

यो समूहको गठन विश्व हिन्दू परिषद्का पूर्व अध्यक्ष प्रबिन तोगाडियाले गठन गरेका हुन् ।आयुश शर्मालाई लञ्च गर्नका लागि आगामी अक्टोबरमा ‘लभरात्री’ रिलिज गरिँदैछ ।परासर र उनका समर्थकहरुका अनुसार ‘लभरात्री’ हिन्दू पर्व ‘नवरात्री’ नाम बिगारेर बनाइएको हो ।बिहीबार पराशरले कार्यकताहरुसँगै उपस्थित भएर सलमानका फिल्मका पोस्टर जलाएका छन् । कार्यकताले सडकमा फिल्मको विरोधमा नाराबाजी पनि गरे । पराशरले फिल्मप्रति आपत्ति जनाउँदै भने, ‘यो फिल्म सलमानले बनाउँदैछन् । ‘नवरात्रि’ एउटा धार्मिक पर्व हो । यससँग लाखौँ हिन्दूहरुको भावना जोडिएको हुन्छ । हामी सलमानको निन्दा गर्दछौँ । हामी फिल्ममाथि प्रतिबन्धको माग गर्छौँ ।’ उनले आफू ‘हिन्दू ही आगे’ नामको संस्थाको सिटी युनिटको अध्यक्ष भएको बताउँदै सार्वजनिक ठाउँमा सलमान खानलाई पिट्नेलाई २ लाख पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्