Logo

आँफैले आफुलाई काउकुती लगाउन किन सकिदैन !!!



Spread the love

a

काउकुतीको कार्यबिधि बैज्ञानिकहरुका लागि धेरै पहिलेदेखि नै रहस्यमयी रहदै आएको छ । काउकुती लाग्दा किन हाँस्छौ भन्ने कुराको मुर्त जवाफ अहिले सम्म पनि बैज्ञानिकहरुले स्पष्ट रुपमा दिन सकिरहेका छैनन् । तर, आफैलाई काउकुती लगाउन किन सकिदैन भन्ने रहस्यको बारेमा भने बैज्ञानिकहरुले केहि हदसम्म जवाफ दिन सफल भइसकेको देखिन्छ । आउनुहोस्, यस रहस्यको बारेमा केहि चर्चा-परिचर्चा गरौं ।

           हाम्रो शरिरको छाला मुनी लाखौं स्नायुहरु मौजुद रहेका हुन्छन्, जसले मस्तिष्कलाई स्पर्श, तातो-चिसो, उज्यालो-अध्याँरोजस्ता अनुभुतीहरुका बारेमा सुचना प्रदान गर्दछन् । यी स्नायुहरुको सुचनाका कारणले नै तातो तावामा हात राख्दा ‘हात हटाऊ, तिमीलाई पोल्दैछ’ भन्ने किसिमको सङ्केत मस्तिष्कले शरिरका अन्य भागहरूमा पुर्याउन सक्दछ ।
           जब कसैको हल्का स्पर्शले यी स्नायुहरुलाई उत्तेजित पार्छ, तब यो सुचनालाई स्नायुहरुले स्नायु प्रणाली मार्फत मस्तिष्क सम्म पुर्याउछन् । अनि मस्तिष्कले त्यो सुचनालाई विश्लेशन गर्छ र आकष्मिक निर्देशन तुरुन्तै सञ्चार गर्दछ । शरिरका खासखास ठाँउहरुमा कसैको हल्का स्पर्शले उत्पन्न हुने काउकुतीको अनुभुती भनेको स्नायुहरुले पठाउने सुचनालाई मस्तिष्कका दुई भागहरुले एकैसाथ विश्लेषण गर्नबाट उत्पन्न हुने अनुभुती हो ।
           तर, शरिरका ती ठाँउहरुमा हल्का स्पर्शकै कारणले मात्र काउकुती लाग्ने हो भने आफैलाई काउकुती लगाउन सक्नु पर्ने हो ! शरिरका ती स्थानहरुमा अरुले जस्तो तरिकाले स्पर्श गरेर हामीलाई काउकुती लाग्ने हो, त्यस्तै तरिकाले हामी आफैले स्पर्श गर्ने हो भने पनि काउकुती लाग्दैन ।
          यस मामिलामा मस्तिष्कको अर्को भाग ‘सेरेबेलम’ पुर्ण रुपमा जिम्मेवार हुन्छ । ‘सेरेबेलम’ भनेको शरिरका विभिन्न अङ्गहरुका चालको विश्लेषण गर्ने मस्तिष्कको एउटा महत्वपुर्ण भाग हो । यसले आफ्नै शरिरका अङ्गहरुका चालको मात्र विश्लेशन गर्न सक्छ तर आफ्नो शरिरभन्दा बाहिरको संसारमा घटिरहेका घटनाहरुका आधारमा भने यसले अङ्गहरुमा चाल पैदा गर्न सक्दैन । जब कुनै व्यक्तिले तपाईंलाई काउकुती लगाउन खोज्छ तब ‘सेरेबेलम’ उक्त व्यक्तिको चालको बारेमा बेखबर हुन्छ । तर, जब तपाईंले आफैलाई काउकुती लगाउन कोसिस गर्नुहुन्छ, आफ्नो छालामा स्पर्श गर्नुभन्दा पहिले नै तपाईंका हातका चालहरुप्रति ‘सेरेबेलम’ सचेंत भैसकेको हुन्छ । र, त्यसले ‘कुनै खतरा छैन’ भन्ने सुचना मस्तिष्कको केन्द्रमा पठाउँछ । जसको कारण मस्तिष्कका दुबै भाग (सोम्याटोसेन्सरी कर्टेक्स र इन्टेरिएर सिंगुलेटेड कर्टेक्स) कम सकृय हुन पुग्छन् । त्यसैले, अरुले स्पर्श गर्दा काउकुती लाग्ने ठाँउमा आफैले स्पर्श गर्दा हामीलाई काउकुतीको कुनै अनुभुती हुँदैन ।

राजन के.सी.’प्रमोद’

सल्लेरीkhabar

Source:-Nabayuwa, Encyclopedia and other internet sites…

प्रतिक्रिया दिनुहोस्