फोटोग्राफी भनेको एउटा विज्ञान, कला, प्रविधि र अभ्यास हो । जसमा प्रकाशको माध्यमद्वारा वस्तुको दुरुस्तै छायाँ चित्रको सिजना गरिन्छ ।
फोटोग्राफीमा निकै सोख राख्ने युवाहरु मध्येका एक हुन प्रकाश (JR Marshall) । कोहि खास गुरु छैन फोटोग्राफीमा तर पनि सिक्दैछु’ भन्छन् उनी ।आफुले खिचेको फोटो हेरें । आफैंलाई राम्रो लाग्यो । त्यसपछि खै के भयो भयो, ‘इन्ट्रेष्ट लाग्यो।’ नयाँ उर्जा मिलेझें भयो । त्यतिकैमा फोटो खिच्न थालियो । उनले सुनाए ।
‘मेरो कोहि त्यस्तो गुरु भन्ने छैनन् । आफैंले खिचेको फोटो हेरेपछि मन लाग्यो । फोटोग्राफीको औपचारिक कोर्ष पनि लिएको छैन । तर पनि रमाइलो लाग्छ ।’प्रकृतिप्रेमी (Nature Lover) तथा जनावरप्रेमी (Animal Lover )उनी प्रकृतिका झंकारहरुलाई क्यामराको फ्रेममा मिलाउन सिपालु छन् ।
काठमाडौँ कोटेश्वरमा बस्ने उनी यसै रुमलिएका बेला आफ्नो मोबाइल तेर्स्याउँछन् । यस्तो पनि अनुभव छ उनलाई कि उनी बाइकमा हुइकिदा पनि कतै राम्रो दृश्य देखिपछी फोटो खिच्छन् । फोटोग्राफीको सोख भएकाहरुसँग मित्रता बढाउन मन पराउने उनी फोटोग्राफीमा खुब मज्जा आउने बताउँछन् ।
हेरौं उनले खिचेका केहि तस्विरहरु: