Logo

डाइनामिक युथ नेपाल लमजुङ च्याप्टरद्वारा करिब साढे लाखको किताब वितरण



Spread the love


लमजुङ – सल्लेरी खबर ।

डाइनामिक युथ नेपाल लमजुङ च्याप्टरले तनहुँ जिल्ला भानु नगरपालिका ११ मानेचौका स्थित श्री त्रिभुवन उच्च माध्यामिक विद्यालयलाई रु एक लाख पचास हजार बराबरको पुस्तकहरु वितरण गरेको छ। सानो पुस्तकालय भएतापनि पुस्तकहरु को अभावले गर्दा विद्यार्थीहरुले आफुले चाहेको पुस्तकहरु पढ्ने वातावरण थिएन ।

डाइनामिक युथ नेपाल लमजुङ च्याप्टरका अध्यक्ष शिशिर न्यौपानेको सभापतीमा गरिएको कार्यक्रमका प्रमुख अतिथी तनहुँ जिल्ला समन्वय समितीका सभापति श्री शान्ती रमण वाग्ले थिए। यसै गरि विशिष्ट अतिथीको रुपमा तनहुँ जिल्ला नेपाली कांग्रेसका पुर्व पार्टी सभापति रघु नाथ पौडेल र तनहु जिल्ला भानु नगरपालिका नगर प्रमुख उदय राज गौली थिए।

डाइनामिक युथ नेपाल प्रदेश नं ४ का रिजनल एम्बेसेडर दिपेन्द्र रेग्मीले डाइनामिक युथ नेपालको बारे परिचय दिदै यस सस्थाको काम र यसको भावी कार्यक्रमको बारे स्पष्ट पारे र अझै नयाँ कामहरु गर्ने प्रतिबद्धता जाहेर गरे। यसै गरि श्री त्रिभुवन माध्यामिक विद्यालयका प्रधानाध्यापक हिरा मणि ढुंगानाले पुस्तकालयले विद्यार्थीहरुको चौतर्फ विकास गर्ने र उनिहरुको पठनपाठनमा थप टेवा प्रदान गर्ने कुरा राखे। यसै गरि उनले विद्यालयमा भएका केही समस्या एवम् गुनासा पनि नगर प्रमुख समक्ष राखे। नगर प्रमुख उदय राज गौलीले डाइनामिक युथ नेपाल लमजुङ च्याप्टरले गरेको यस कार्य प्रती निक्कै आभार प्रकट गर्दै विद्यार्थीहरुलाई पनि यस्तै सामाजिक काममा लाग्न उत्प्रेरित गरे। यसै गरि कार्यक्रमका प्रमुख अतिथी शान्ती रमण वाग्लेले क्लबलाई धन्यवाद दिदै विद्यालयका प्रधानाध्यापकलाई पुस्तक हस्तान्तरण गरे। विद्यालयमा जारी समस्यालाई छिटोभन्दा छिटो समधान गर्ने प्रतिबद्धता व्यक्त गरे र डाइनामिक युथ नेपाल लमजुङ च्याप्टरले आगामी दिनहरुमा यी र यस्तै कामहरु गर्दै अझ अगाडि बढ्न सकोस् भनी शुभकामना पनि व्यक्त गरे।

सो अवसरमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नवराज श्रेष्ठ, श्री त्रिभुवन क्याम्पस प्रमुख हरि बहादुर बोहरा, विद्यालय व्यवस्थापन समितीका सदस्य राजेन्द्र राज जोशी, शिव हरि अधिकारी, भानु नगरपालिका वडा ११ का नगर समिती सदस्य हस्त बहादुर कुवरले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यालयका केही विद्यार्थीहरुले आफ्नो नृत्य पनि प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्