Logo

नेपालकै पहिलो दृष्टिविहिन अकुप्रेसर सुशील अर्याल



Spread the love

विकास अर्याल, काठमाडौं ।

आकुप्रेसरको कुरा गर्नु भन्दा पहिले यो के हो त भन्ने जान्न जरुरी छ । अकुप्रेसर भन्दा अकुपंचर जस्तो धेरैलाई लाग्न सक्ला तर अकुपंचर र अकुप्रेसर छुट्टै अर्थ लाग्ने फरक पाटा हुन ।

सामान्य भाषामा भन्नुपर्दा आकुप्रेसर एक प्राकृतिक थेरापी हो ।

अकुप्रेसर अन्तर्गत ढाड, कम्मर दुख्ने, नसा च्यापिएको, हात खुट्टा झम्झमाउने, पोल्ने, सुगर, प्रेसर, थाइराइड, निन्द्रा नलाग्ने, आलश्य बनाउने, बढी थकाई लाग्ने लाई निद्रामा बदल्ने, रगत सन्चालन नभएको जस्ता रोगहरु अकुप्रेसर बाट नसोचेको अनुरुपमा निको हुन्छन ।

गुल्मिको मालिका गाउँपालिका वडा न. ८ स्थाई घर भई हाल काठमाडौंको कलङ्कीमा बस्दै आएका सुशील अर्याल नेपालकै पहिलो दृष्टिविहिन अकुप्रेसर हुन । ३० वर्ष उमेर भएका अर्याल दिनमा ७ जना सम्मलाई अकुप्रेसर गराउछन । उनले विगत ४ वर्ष देखि अकुप्रेसर गर्दै आईरहेका छन । उनले एक सम्वादको क्रममा भने, “अकुप्रेसर एक प्रकारको थेरापी नै हो र यसलाई प्राकृतिक उपचार पनि भन्ने गरिन्छ यो पद्दतिमा कुनै प्रकारको औषधि प्रयोग हुदैन । ” यो पद्दतिमा रोग भएको मान्छेलाइ उपचार गर्दा एकदमै दुख्ने सुशील अर्यालले बताए ।

आकुप्रेसर गर्दा कम्तिमा १५ दिन देखि २ महिना सम्म गर्नुपर्ने र लगातार गर्दा प्यरालाइसिस भएको मान्छे समेत निको भएको अर्यालको अनुभव छ ।

२३ वर्ष सम्म घरमै बस्ने गरेका सुशील पछि २ वर्ष अगरबत्ती कम्पनिमा मार्केटिङ गरे त्यसपछि भने उनी १८ महिने अकुप्रेसर तालिम लिए त्यो लगत्तै ६ महिना उनले अकुप्रेसरमा ईन्टर्न गरे र अहिले ४ वर्ष यता उनी एशिया आयुर्वेदिक प्रा.लि मा फुल टाईम काम गर्दै आएका छन ।

अकुप्रेसरको काम गर्न थालेपछी आफू धेरै खुसी हुने गरेको र आफुलाई अरुको सेवा गर्न पाएकोमा सन्तोष मिल्ने गरेको उनले बताए ।

उनलाई सम्पर्क तथा थप परामर्श लिनको निम्ति । सम्पर्क पनि गर्न सकिनेछ ।

सम्पर्क नं. 9849391232 shusil aryal

प्रतिक्रिया दिनुहोस्