बलिउड कलाकार राजपाल यादव ५ दिने नेपाल बसाई सकेर स्वदेश फर्किएका छन् । उनी आफू अभिनीत नेपाली फिल्म ‘करोडपति’ को दोस्रो चरणको छायांकनका लागि नेपाल आएका थिए ।फिल्ममा समावेश एक गीतको सुटिङका लागि उनी नेपाल आएका थिए । भक्तपुर दरवारस्क्वायरमा छायांकन गरिएको गीतमा राजपाल र अभिनेता आर्यन अधिकारी दौरा–सुरूवालमा ठाँटिएका छन् । उक्त तश्बिर दुवैले आफ्नो फेसबुक र इन्स्टाग्राममा शेयर गरेका छन् ।
यस फिल्ममा राजपालले नेपालको गाउँले परिवेशको पात्र भूमिका निर्वाह गरेका छन् । उनी पहिलो पटक नेपाली फिल्ममा अभिनय गर्न पाउँदा दंग देखिन्छन् । अभिनेत्री नीता ढुङ्गानाको पनि यस फिल्ममा लिड रोल छ । निर्देशकको नाम गोप्य राखिएको चलचित्र करोडपतिलाई अधिकारी ब्रदर्स पिक्चर्स र कृतन मुभिजले संयुक्त रुपमा प्रस्तुत गर्न लागेका हुन् । चलचित्रलाई हिन्दी भाषामा पनि डब गरिने बुझिएको छ ।