Logo

भारत र बाङ्लादेशलाई हराउँदै नेपाल च्याम्पियन(फोटो फिचर सहित )



Spread the love

शुक्रबारदेखि काठमाडाैंकाे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा सम्पन्न भएकाे दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपमा नेपाल टिम बि.च्याम्पियन बनेकाे छ ।

 

नेपाल तेक्वान्दो संघको तत्वावधनमा तथा युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा भएकाे च्याम्पियनसिप ३ दिन सम्म चलेकाे थियाे।उक्त प्रतियोगितामा नेपालकाे तर्फबाट -४८ केजी ताैल समुहमा नेपालकी काजल श्रेष्ठले सेमिफाइनलमा भारतीय खेलाडी मनिषा याेगिलाई पछि पार्दै फाइनलमा पुगेकि थिईन। फाइनल उपत्यका पृतनाकि अाषा बालमिकीलाई पराजित गर्दै उनले स्वर्ण पदक हात पारिन। तेस्तै -७३केजी ताैल समुहमा पनि नेपाली चेलि हाबि रहिन नेपालकी सुमित्रा केसिले भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक अाफ्नाे हात पारिन भने अन्य महिलाखेलाडीहरु रेजिना कार्की, सन्ध्या सिघं र अप्सरा खड्काले स्वर्ण पदक जित्न सफल भए। पुरुष तर्फ भने निश्चल मान श्रेष्ठ, सागर मगर र निसान श्रेष्ठ स्वर्ण पदक जितेका छन्। नेपालका बिक्रान्त डगाैंले कास्य पदकमा चित्त बुझाएका छन्। ८ स्वर्ण र १ काँस्य जितेर नेपालको राष्ट्रिय बी टिम च्याम्पियन बनेको हो ।

त्रिभुवन आर्मीको टोली दोस्रो हुँदा बंगलादेश तेस्रो भयो । आर्मीले ३ स्वर्ण, ७ रजत र २ काँस्य जित्यो भने बंगलादेशको टोलीले १ स्वर्ण, १ रजत र २ काँस्य जित्यो ।क्याडेटतर्फ भने युनाइटेड तेक्वान्दो डोजाङ च्याम्पियन बन्यो । उसले २ स्वर्ण र ३ रजत जितेको थियो । २ स्वर्ण, १ रजत र ३ काश्य जितेर भारतीय टोली दोस्रो भयो भने २ स्वर्ण र २ काश्य जितेको अष्ट्रेलियाली टोली तेस्रो भयो ।
जुनियरतर्फ ३ स्वर्ण जितेको चुनीदेवी डोजाङ पहिलो हुँदा २ स्वर्ण र १ काश्य जितेको कोटेश्वर डोजाङ दोस्रो तथा १ स्वर्ण र ४ रजत जितेको युनाइटेड डोजाङ तेस्रो भयो ।

 

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, द.कोरिया, मलेसिया, इन्डोनेसिया, मकाउ, चीन, अस्ट्रेलिया, सिंगापुर र अफगानिस्तान गरी कुल १३ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसअन्तर्गत महिलामा २ सय ५० र पुरुष ३ सय ८३ (सिनियर, जुनियर र क्याडेट) गरी ग्यरोगीतर्फ ४६ तौल समुहमा प्रतिस्पर्धा भएकाे थियाे ।

पुम्सेतर्फ (एकल पुम्से, पेयर र टिम पुम्से) गरी ३८ इभेन्ट राखिएको थियाे । यसअघि डेमोस्ट्रेसनको रूपमा राखिएको पारा तेक्वान्दो यसपटक भने च्याम्पियनसिप नै भयाे । पारामा (पुरुष ३ र महिला २) गरि कुल ५ तौल समुहमा प्रतिस्पर्धा भएकाे थियाे। पारा तेक्वान्दो पनि नेपाल प्रथम हुन सफल भयाे। पाराको महिला ४८ केजीमुनि तौल समूहमा नेपालकी पलेशा गोवर्धनले स्वर्ण जितिन् । उनले फाइनलमा नेपालकै सीता भण्डारीलाई पराजित गरेकी हुन् । भारतकी भिना अरोराले सो विधामा कास्यपदक हात पारिन् । पुरुषतर्फ ४० केजीमुनिमा नेपालका सोम सुनुवारले नेपालकै दीपेश महतलाई हराउँदै स्वर्ण जिते । पाराको पुरुष ५८ केजीमुनि भारतका मोहम्मद हैदरले नेपालका गोविन्द थापालाई हराउँदै स्वर्ण पदक हात पारे । उनन्सत्तरी केजीमुनिमा नेपालका रामबहादुर अधिकारीले नेपालकै संघु भोटेलाई हराउँदै स्वर्ण पदक आफ्नो बनाउन सफल भए ।

त्यसैगरी फाइटतर्फको विधामा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । फाइटको पुरुष २१ केजीमुनिमा नेपालका अमन श्रेष्ठ र सुशान्त पाण्डे फाइनलमा पुगेका छन् । सेमीफाइनलमा अमनले अञ्जल पुन मगर र सशान्तले राजेन्द्र थामीलाई हराउँदै स्वर्णको यात्रा तय गरेका हुन् । पुरुष २५ केजीमुनिको सेमिफाइनलमा नेपालकै तिलक विकले नेपालकै दीपक वादीलाई तथा प्रशान्त पुन पुन मगरले नेपालकै प्रीतम ठकुरीलाई हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

त्यसैगरी पुरुष सिनियर (३९ वर्षमुनि) पुम्सेमा भारतका सरोज गुरुङले स्वर्ण, नेपालका आशिष चन्दले रजत तथा नेपालकै वीरबहादुर बम्जन र भारतका खुम्लिन्दिङ हमारले कास्यपदक पाए । यता २९ वर्षमुनि पुम्सेमा मलेसियाका अगिस्टन रुडीले स्वर्ण, नेपालका तिलक पुन मगरले रजत र बंगलादेशका सफ्यात नुरले कास्यपदक जित्न सफल भएको प्रतियोगिताका संयोजक बद्रीप्रसाद घिमिरेले जानकारी दिनुभयो । उन्नाइस वर्षमुनि पुरुष पुम्सेमा मलेसियाका टेरेन्ज योङ स्वर्ण, नेपालका राम गोले रजत तथा नेपालकै सुजन गुरुङ र दक्षिण कोरियाका बोसुक होङ कास्य जित्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्