नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।पहिरो खसेका कारण आइतबार बिहानदेखि नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध भएको हाे।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो ।
पहिरो हटाउन सुरु भएकाले केही समयपछि यातायात सञ्चालनमा आउने दावी प्रहरीले गरेको छ। गन्तव्यमा हिँडेका हजारौं यात्रुले पहिरोको कारण सास्ती पाएका छन्।
नारायणगढ–मुग्लिन सडकलाई स्तरोन्नती गरेर ठूलो पारेपनि पहिरो गएर यात्रुहरुले दुःख पाउने क्रम भने रोकिएको छैन।दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस्