Logo

‘अनुराग’ को रोमान्टिक गीतमा छल्कियो एलिजा र समुन्द्रको प्रेम



Spread the love

एलिजा गौतमको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘अनुराग’कोदोस्रो गीत सार्वजनिक भएको छ । गीतमा एलिजा बोल्ड रुपमा प्रस्तुत भएकी छिन् । यसअघि डान्सिङ नम्बर ‘कान्छा दाइ गाना बजाई देउन’बोलको गीत सार्वजनिक भएको थियो ।यस पटक रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको सार्वजनिक गीतमा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतमा सत्यराज यसआरसीको शब्द, सरोज पोखरेलको सङ्गीत रहेको छ ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डित फिचर छन् । एरिका फिल्मस्को ब्यानरमा ऋषि धमलाको प्रस्तुति रहेको चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी रहेको छ ।चलचित्रलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । अनुरागमा एलिजा र समुन्द्रको साथमा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र आउँदो साउन २५ गतेबाट प्रदर्शनमा आउँदै छ । धमला पत्नी एलिजाले अभिनय गरेको यो पहिलो फिल्म हो ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/NThPiWCtASc

प्रतिक्रिया दिनुहोस्