Logo

डिभी चिठ्ठाकाे नतिजा सार्वजनिक, यसरी चेक गर्नुहाेस्



Spread the love

अमेरिकीले प्रत्येक वर्ष संचालन गर्दै आएको इलेक्ट्रिकल डाइभर्सिटी भिसा (इ-डिभी) २०१९ को नतिजा आज सार्वजनिक गरेको छ  ।अमेरिकाकाे अाइकन: स्टेचु अफ लिब्रटीइ-डिभी चिठ्ठाको नजिजा राति ९:४५ बजेपछि अमेरिकी सरकारको आधिकारिक वेबसाइट https://www.dvlottery.state.gov/ बाट हेर्न सकिने अमेरिकी दूतावासले जानकारी दिएको छ।

इ-डिभी चिठा भरेका व्यक्तिले वेबसाइटमा कन्फर्मेशन नम्बर हालेर आफूलाई इ-डिभी चिठ्ठा परे/नपरेको हेर्न सक्ने दूतावासले जनाएको छ। साथै दूतावासले डिभीसम्बन्धमा गरिने गलत हल्लाहरूबाट सावधान रहनसमेत अनुरोध गरेको छ।

दूतावासले डिभी विजेताहरूलाई डिभी चिठा प्राप्त भएको जानकारी गराउँदै इमेल पठाउने, भिसा, अन्तर्वार्ताका लागि अग्रिम शुल्क बुझाउन अनुरोध गर्दै चिठ्ठी पठाउनेलगायतका काम नगर्ने बताउँदै यस्तो व्यहोराका इमले तथा चिठ्ठीबाट सावधान हुन अनुरोध गरेको छ।
नतिजा यहाँ गएर हेर्नुहोस्: https://www.dvlottery.state.gov/

 

प्रतिक्रिया दिनुहोस्