Logo

कमेडीले भरपुर ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक (भिडियो)



चलचित्र ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रम बिच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो ।कमेडी भरपुर रहेको ट्रेलरमा काठमाडौँमा मस्ती गर्न घरमा अमेरिका जानका लागि ३ लाख रुपैयाँ मगाएर खाडी मुलुक गएका तीन युवाको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष् प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया लगायतको अभिनय छ ।

विवेक पाण्डेको निर्देशनमा तयार भएको चलचित्रमा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल निर्माताको रूपमा रहेका छन् ।समीर खरेल, सुरज उप्रेती र अनुप थापा चलचित्रको कार्यकारी निर्माताको रूपमा रहेका छन् ।चलचित्र जेष्ठ १८ गते देखि प्रदर्शनमा आउँदैछ ।

हेर्नुहोस् ट्रेलर्:

https://youtu.be/UYB23o4E1t4

प्रतिक्रिया दिनुहोस्