Logo

आखिर बन्द कस्का लागि ? ‘केपी ओली’ कि ‘विप्लब’ !



Spread the love


बिहानै हल्ला चल्यो, आज बन्द छ रे ! भाटभटेनिमा आगजनी ! यतिको क्षती, उतिको नोक्सानी! ट्याक्सी तोडफोड गरियो ।
कतिलाई भने सास्ती बेहोर्नु पर्यो ? सरकारले नेपाल बन्दमा सरकारी कर्मचारीलाई बिदा दिदैन । तर वाध्यता छ, जाने पर्छनगए तलब काटिन्छ  । कतिलाई त टाइम पास गर्ने गफ पनि भयो, आजको बन्द !

आज, नेत्र बिक्रम चन्दा ‘विप्लब’ निकट नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेको थियो । हिजो बिज्ञप्ति निकालेर बन्दको जानकारी पनि गराइएको थियो । तर कमै मात्रैले यसको वास्ता गरे । गर्नु पनि किन?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण गरेका हिजो मात्रै स्वदेश फर्किए । उनी यहाँ रहदा नेपाली प्रम केपी ओलीसंगै ९०० मेगावाटको अरुण तेश्रो शिलान्यास गरे । अरु थुप्रै सम्जौता पनि । यसैको बिरोधमा ‘नेपाल बन्द’ आह्वान गरीएको थियो । उनी फर्किसकेपछि बन्द गरेर के फाइदा? संबिधान खारेजीको माग गर्दै आएको पार्टीले त्यस अघि पनि मोदीको नेपाल भ्रमणको बिरोध गर्दै आएको थियो । र अन्य थुप्रै बहानामा बन्द पनि गर्दै आइरहेको छ ।

संघिय तथा प्रतिनिधिसभाको चुनाव समेत बहिष्कार गरेको ‘विप्लब पार्टी’ को आफ्नै उदेश्य समेत क्लिएर नभएको अवस्थामा महिनै पिच्छे बन्द गर्नुको अर्थ के राख्ला, त्यो त्यति  सोचनीय छैन ! पार्टीको आफ्नै सिद्दान्त होला ! आफ्नै कार्यदिशा होलान ! तर, पार्टीगत स्वार्थ अझ भनौ, पार्टीका सिमित मान्छेका व्यक्तिगत स्वार्थ पूर्तिका लागि गरिने यस किसिमका आदोलनले देशलाई कता लग्ला ?
बन्द पूर्ण रुपमा सफल पार्न नसक्नुको पिडा कति छ ? त्यो उक्त पार्टीका नेता कार्यकर्तालाई हेरे पुग्छ । तर, मुख दर्शक बनिरहेको सरकारसंग सर्वसाधारण जनताले के अपेक्षा गर्ने? अझ प्रत्यक कार्यक्रम पिच्छे रमाइला भाषण पिट्दै हिड्ने महामहिम प्रधानमन्त्री केपी ओली र उनको मन्त्रि मण्डलको उत्तर के हुन्छ? उनको पार्टी नेकपा एमाले संगउत्तर के छ ? चुनावको बेला देश समृद्ध बनाउने । गाउँ-गाउँमा सिंहदरवार ल्याउने भाषण बाड्दै हिडेको माओबादि केन्द्र र उनीहरुको गठबन्धनसंग के उत्तर छ ?

के विप्लबसंग बन्द भन्दा अरु विकल्प छैन? सायद अरु केहि पनि गर्न सकिन्छ, वार्ता मार्फत । त्यो पनि मोदी फर्किसकेपछि बन्द गर्नुको के अर्थ ? सरकार पनि यस्ता विषयमा मौन बस्नुको कारण के ? यी सबै बाम गठबन्धन सरकार र विप्लबको पार्टीले जानुन ! तर, यसरी मन लाग्दी रुपमा बन्दको आह्वान गरिनुले देशमा आर्थिक नोकसानी धेरै हुञ्छ। आजको पनि कति आउछ, त्यो हेर्दै गरौला । यसरी देश समृद्धि तिर पक्कै जादैन होला ? त्यै पनि बन्द गरिन्छ, आखिर केका लागि?

प्रतिक्रिया दिनुहोस्