Logo

छिट्टै चीन भ्रमणमा जान्छु : प्रधानमन्त्री ओली



Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा गरिएका द्विपक्षीय सन्धी, समझदारीबारे प्रष्ट पार्न व्यवस्थापिका–संसद्मा बोल्दै उनले चीन भ्रमणमा जान लागेको बताएका हुन् ।

उनले दुवै छिमेकी देशसँग सन्तुलित र पारस्परिक हित र स्वाधीनताको जगेर्ना गर्ने सम्बन्ध राख्न सरकार तत्पर रहेको बताउँदै भारतसँगको असमझदारी अन्त्य भएको जिकिर गरे । उनले दुवै देशसँग बराबरीको सम्बन्ध कायम राख्न आफू चीनको भ्रमण गर्नेसमेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्