Logo

शिक्षक नियुक्तिको बिषयलाई लिएर बिबाद (मागपत्र सहित)



Spread the love

बागचौर नगरपालिका वडा नम्बर १० मा रहेको महेन्द्र माविमा शिक्षक नियुक्तिको विषयलाई लिएर अहिले विवाद चुलिएको छ। विद्यालय प्रशासन र व्यवस्थापन समितिले कसैलाई जानकारी नगराई आफ्नो नजिकको व्यक्तिलाई नियुक्ति दिएपछि स्थानीयले विरोध जनाएका छन्।

विद्यालयमा खाली रहेको कम्प्युटर शिक्षक र अंग्रेजी शिक्षकको कोटामा ( निमावि-तह) विज्ञापन नै नगरी शिक्षाको नीति नियम विपरीत काम गरेको र उक्त नियुक्ती तत्काल बदर गर्न भन्दै स्थानीयले विद्यालय, वडा कार्यालय तथा नगर शिक्षा संयोजकलाई समेत ज्ञापनपत्र बुझाएका छन्।

विगतमा विद्यालयमा हुँदै आएको आर्थिक चलखेल, उमेरको हदबन्दी कटिसकेकोलाई दिइएको नियुक्ति, एउटै शिक्षकको दुई विद्यालयमा भएको नियुक्ति र विद्यालयमा हुने गलत क्रियाकलापको विरोध गर्दा आफूहरुलाई खुला प्रतिस्पर्धामा आउन समेत नदिएको उनीहरुको गुनासो छ ।यस्ता गलत क्रियाकलापले विद्यालयको मर्यादामा आँच आउने भन्दै विद्यालयमा यस्तो गतिविधि नगर्न समेत स्थानीयले स्कुल प्रशासनलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्