Logo

बक्सअफिसमा ‘छक्का पन्जा’को धमाका !!!



Spread the love

Chhakka-Panja-Poster

काठमाडौं, नेपाल– गत शुक्रबार भदौ २४ देखि प्रदर्शनीमा आएको चलचित्र ‘छक्का पन्जा’ ले नेपाली सिने इतिहासमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ । हास्यव्यंग्य जानरामा बनेको यो फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । कलाकार दीपकराज गिरीलगायतले निर्माण गरेको यो फिल्मले हाम्रै समाजको यथार्थलाई ब्यङ्यको रुपमा प्रस्तुत गर्ने जमर्को गरेको छ । फिल्म ले  सबैतिरबाट प्रसंसा पाइरहेको छ ।  फिल्म निक्कै मन परेको बताउदै रबिन्द्र मिश्र, हरीबंश आचार्य, लगायतले सामाजिक सन्जालमा समेत पोस्ट गरेका छन । दिपकराज गिरी केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउतलगायतका  कलाकारको अभिनय रहेको फिल्मले नेपाली फिल्म ईतिहासमा एक सातामै बनाएका ५  रेकर्डस्हरु यसप्रकार छन  :-

दीपा-सफल डेब्यु महिला निर्देशक 

टिभी सिरियलमा प्रायः दीपकराज गिरी र दीपाश्री निरौला सँगै देखिन्थे । तर, छक्का पन्जामा दिपाश्री निरौलाले पर्दापछाडि रहेर काम गरिन् । उनले ठूलो पर्दाको फिल्म निर्देशन गरेको यो पहिलोपटक हो । र, उनी पहिलो प्रयासमै सफल भएकी छिन् । अहिले चलचित्रको कथावस्तु, कलाकारको अभिनय मात्र होइन, दीपाश्रीको निर्देशन पनि बजारमा चर्चाको विषय बनेको छ । व्यावसायिक रूपमै पनि महिला निर्देशक यति धेरै सफल भएको यो पहिलोपटक हो ।

छोटो समयमा तीन करोड

छक्का पन्जाले सबैभन्दा कम समयमा तीन करोड रुपैयाँको ‘ग्रस कलेक्सन’ गर्न सफल बनेको छ । ९० लाखमा निर्माण भएको चलचित्रले पाँच दिनमा तीन करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ । नेपाली चलचित्रले लगानी उठाउनै धौ–धौ परिरहेको यो समयमा छक्का पन्जाले गरेको आक्रमक व्यापार आर्फैँमा एउटा रकेर्ड हो ।

एक दिन मै एक करोडभन्दा बढीको ब्यापार

छक्का पन्जाले गत शनिबार मात्रै एक करोड २२ लाख रुपैयाँ कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । यो पनि नेपाली चलचित्र इतिहासका लागि रकेर्ड नै हो । त्यसमाथि यो चलचित्रले ओपनिङ दिनमै ३३ लाखभन्दा बढीको व्यापार ग¥यो । रिलिज भएको दुई दिनमा नै यो चलचित्रले एक करोड ५५ लाखभन्दा बढीको व्यापार गरेको छ । नेपाली चलचित्रले दुई दिनमै यति धेरै व्यापार गरेको सम्भवतः यो पहिलोपटक हो ।

सातमा ६ हल हाउसफुल

छक्का पन्जा देशभरका ८० हलमा प्रदर्शन भइरहेको छ । फिल्म ओपनिङमै राम्रो व्यापार गर्न सफल रह्यो । शनिबार यो फिल्म गोपिकृष्ण हलका सातमध्ये ६ वटामा प्रदर्शन गरियो । यो २२ वर्षपछि बनेको रेकर्ड हो । छक्का पन्जाले भ्यालीबाहिरको हलमा पनि राम्रो व्यापार गरिरहेको छ ।

फिल्म हेर्न आए तीन पूर्वप्रधानमन्त्री

त्यसो त नेपाली चलचित्रमा राजनीतिमाथि व्यंग्य गरिएकै हुन्छ, नेताहरू पनि चलचित्रबारे कहिलेकाहीँ कुरा गर्छन् । तर, नेपाली राजनीति र सिने क्षेत्रको सम्बन्ध त्यति बलियो छैन । हलमा नेपाली चलचित्र लागेको कयौँ दिनसम्म पनि नेपाली नेताहरू हलसम्म पुगेका घटना अत्यन्त कम छन् । तर, छक्का पन्जा हेर्न पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपाल हलसम्म पुगे । त्यति मात्र होइन, केही दिन यता दर्जनौँ नेताको फोन आएको दीपकराज गिरी बताउँछन् ।

Source:- Enayapatrika and other online media…

प्रतिक्रिया दिनुहोस्