Logo

विप्लव नेतृत्वको नेकपाले भाटभटेनी सुपर मार्केटमा बम हान्यो



Spread the love

 

विप्लव नेतृत्वको नेकपाले भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम हानेको छ। बम प्रहार गरिँदा भाटभटेनी सुपर मार्केटको पूर्वतर्फको भागमा क्षति पुगेको छ।

आज आइतबार विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको दिन बिहान ३ बजेर ४५ मिनेटमा मोटरसाइकलमा सवार २ जना विप्लवका कार्यकर्ताले सुपर मार्केटमा बम हानेका थिए।

सिसी टिभी फुटेजबाट बम हान्नेमध्ये एकजनाको पहिचान भइसकेको छ भने बम हान्ने व्यक्तिहरू विप्लवका कार्यकर्ता नै भएको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) दीपक थापाले जानकारी दिएका छन् ।

बम हान्नेको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्