बिप्लप नेतृत्वको नेकपाले भोलि नेपाल बन्दको आव्हान गरेको छ ।
नेकपाका महासचिव बिप्लपले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आव्हान गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रघातको पछिल्लो शृङ्खलाको रूपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रूपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलान्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्त्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रूपमा पार्न खोजिएको हीनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।
हेर्नुहोस् विज्ञप्ति
प्रतिक्रिया दिनुहोस्