Logo

भूपू पान्डेको सिजनल रोमान्टिक गीत छाता बजारमा सार्बजनिक



Spread the love

दंगाली युवा गायक भूपू पान्डेको राइन रोमान्टिक गीत छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा सार्बजनिक भएको छ । मिठो स्वरका धनि , आफ्नो अलगै पहिचान बनाउन सफल गायक भूपू पाण्डेको स्वर , संगीत तथा एरेन्ज रहेको छाता गीतमा राम अविरल बिस्टको शब्द रहेको छ l युवा पुस्ता माझ निकै लोकप्रियता कमाउन सफल भएका गायक भूपू पाण्डेको छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा गीतमा डान्स शुजन मार्फा तामाङ त्यसैगरी मनासी तामाङ र एलिड ट्वान्टी क्रिउका मेम्बरहरुले गरेका छन् भने गीतलाई सम्पादन बिकास ज्ञवालीले गरेका हुन् भने निर्देशन शुजन मार्पा तामाङ आफैले गरेका छन् ।नेपाली गीत संगीतमा आफुलाई अब्बल बनाउन सफल भूपू पाण्डे दाङ देउखुरीको सिसहनियाँ निवासी हुन् l भूपू पाण्डेका सबै गीतहरुलाई दर्शक श्रोताहरुले निकै नै रुचाएको पाईन्छ l पाण्डेको यो गीत छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा अहिले सान्दर्भिक र मौसम सापेक्ष रहेको कारण पनि धेरै दर्शक श्रोताहरुले मन पराउने बिश्वाश लिन सकिन्छ l पाण्डेको छाता गीत भन्दा पहिले एसेप्ट गर गीतले निकै चर्चा बटुल्न सफल भएको थियो l

हेर्नुहोस् भिडियो:

https://youtu.be/ulq1AF5bRr4

प्रतिक्रिया दिनुहोस्