Logo

साउनदेखि कैदीबन्दीले दैनिक ८० रुपैयाँ पाउने, स्वास्थ्य बिमासमेत गरिने



Spread the love

२ असार, काठमाडौं । आउँदो साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरूप प्रतिदिन रु ८० रुपैयाँ प्राप्त गर्ने भएका छन् । चालु आर्थिक वर्षमा प्रतिदिन रु ६० पाउँदै आएकामा उक्त रकममा २० प्रतिशत वृद्धि गरी रु ८० बनाइएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

“कैदीबन्दीको प्रतदिन रु ६० र ७०० ग्राम चामल दिँदै आएकामा त्यसलाई ३३ प्रतिशत वृद्धि गरी प्रतिदिन रु ८० कायम गरिएको छ”, प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले भने, “अर्थबाट सहमति प्राप्त भएकाले आगामी आर्थिक वर्ष साउनको पहिलो दिनबाटै उनीहरूले रकम प्राप्त गर्नेछन् ।”

उनकाअनुसार अब सबै कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य बिमासमेत गरिने छ । सरकारले विभिन्न कारागारमा रहेका कैदीबन्दीको सिपलाई उपयोग गर्ने नीतिसमेत अवलम्बन गरेको छ ।

उनीहरूको सीपलाई उपयोग गरी उद्यमशीलता विकासमा लगाउन कार्यविधि तर्जुमाका क्रममा रहेको गृहमन्त्री खाणले बताए । “उनीहरूले पनि क्षमताअनुसार सिप सिकून् र उत्पानदमा प्रयोग गर्न सकून् भन्ने उद्देश्य रहेको छ,” गृहमन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस्