Logo

चर्चा कम, बढी काम- गृहमन्त्री ‘बादल’ (सिन्डिकेट देखी सुन तस्करी सम्मलाई हैरानी)



Spread the love

देशमा सम्पन्न संघीय तथा प्रदेश सभाको निर्वाचनपछि मत परिणाम आयो र बाम गठबन्धनले बहुमत प्राप्त गर्यो । दुई ठुला कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र ) र नेकपा एमाले मिलेर चुनावी नातिजा आफ्नो पक्षमा पार्न सफल भए । सरकार गठन बाम शक्तिको नेतृत्वमा हुने निश्चित भयो । ठुलो पार्टीको हैसियत र पार्टी एकता गर्दाको सहमति अनुसार नेकपा एमालेका अध्यक्ष केपि ओली देशको प्रधानमन्त्रीको उम्मेदवार भए । बाम गठबन्धनको स्पष्ट बहुमत भएकाले उनी निर्वाचित हुने पक्का पक्की थियो । अझ मधेसमा राम्रो सिट ल्याएको पार्टी फोरमले पनि उनकै पक्षम उभिने निर्णय गरेसङै ओली प्रधानमन्त्री हुन सफल भए ।

फाइल तस्विर:

उनी प्रधानमन्त्री भएपछि सरकार विस्तार गरे र ‘अनपेक्षित मन्त्री’ नियुक्त गर्दै चर्चा कमाए । तिनै मन्त्रीहरु मध्य जा, माओवादी केन्द्रबाट नेतृत्व गरेर सरकारमा सहभागी गृहमन्त्री राम बहादुर थापा ‘बादल’ थिए ।

पार्टीमा कुशल संगठकका रुपमा चिनेने बादल मुख्य मन्त्रालयमध्येको जिम्मेवारी पाएकाले केही गर्ने अपेक्षा स्वभाविक थियो । तर, प्रधानमन्त्री ओलीले गृह मन्त्रालय लगायतका मन्त्रालयहरुको भारी अधिकार कटौती गर्दा आफु मातहतमा लिए ।

अहिले, चर्चाको लागि भाषण गर्दै नहिड्ने मन्त्रीको सुचीमा उनी पर्छन् र लोकप्रिय बन्दै गएका छन्। उनको नेतृत्वमा गृह मन्त्रालयले गरेका साहसीक र लोकप्रिय कामहरु यसरी हेर्न सकिन्छ:-

१) यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने ।
२) यातायात समिति लगायतका पदाधिकारीहरुको सम्पती छानबिन गर्ने ।
३) बसपार्कबाट समितिका काउण्टरहरु हटाउने ।
४) यातायातका साधन सार्वजनिक रूपमा चलाउन कम्पनी दर्ता दर्ता गर्नुपर्ने । जसका लागि एउटा मात्रै गाडी भएपनि कम्पनी दर्ता गर्न मिल्ने ।
५) रुट परमिटमा अवरोध गरे कम्पनी नै खारेज हुने ।
६) सुन तस्करीमा संलग्नन प्रहरी जवान देखि उच्च अधिकारी, एरपोर्टका कर्मचारी माथि सुक्ष्म अध्ययन सहित छानबिन र कारबाही अगाडि बढाउने ।
७) प्रहरीले प्रमुख नियुक्तिमा वरिष्ठताको आधारमा नियुक्त ।

यी बाहेक अरु थुप्रै कामहरु गरेका छन् जसले देशमा शान्ति सुव्यवस्था कायम गर्न तथा राज्यको आय करमा वृद्धि गर्न सहयोग गरेको छ । आशा छ, उनले यही गतिमा काम गर्नेछन् र देशलाई समृद्ध बनाउन मद्दत गर्नेछन् । हाम्रो पनि शुभकामना !

सम्बन्धित समाचार:अन्ततः घुडा टेक्यो यातायात क्षेत्रको सिन्डिकेटले

प्रतिक्रिया दिनुहोस्