Logo

सल्यान जलेखर्क,बाङ्गेलाखुरी हुँदै काठमाण्डौका लागि रात्रीकालिन गाडी संचालन ।



Spread the love

 

सल्यान रुकुम यातायात ब्यवसायी समितिको बैठक बुधबार समिको कार्यालयमा सम्पन्न भएको छ ।

20160519_090331-300x225

प्रत्येक महिनाको १५ गते बस्ने नियमीत बैठक उक्त मितिमा विशेष कारण बस्न नसकेको र सोही बैठक समितिका अध्यक्ष लोकमान बुढाथोकी को अध्यक्षतामा बुधबार समितिको कार्यालयमा बसी समितिका विभिन्न विषयमा छ्लफल भएको बताएको छ।

बैठकले यातायात सेवा संचालनको क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय,यात्रुमैत्री ब्यवभार,यातायात ब्यवसायी समिति र यात्रुहरुको दोहोरो सम्बन्ध सुधारका विषयमा छ्लफल भएको सल्यान रुकुम यातायात ब्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिनु भएको छ ।

नजिकिदै गरेका पर्व बडा दसै तथा शुभदिपावलिको अबसरमा घर भित्रने र बाहिरहने यात्रुहरुको यात्रालाई सहज गराउनको लागि जिल्ला भित्र र बाहिरका विभिन्न रुढहरु साना ठुला गाडी संचालनसम्बन्धि पनि छ्लफल गरिएको थियोे ।यहि भाद्र २५ गते दिउँसो साढे १ बजे देखि पहिलो चरणमा सल्यान जलेखर्क बाङ्गेलाखुरी हुँदै काठमाण्डुका लागि रात्रीकालिन गाडी संचालन गरिने भएको छ ।पहिलो दिन अर्थात भाद्र २५ गते सल्यान जलेखर्क देखि काठमाण्डुका लागि ना ५।ख ६५१० नम्बरको रात्री बस सन्चालन गरिने सल्यान रुकुम यातायात ब्यवसायी समितिका डाइल इन्चार्ज सोभाकर थापा सुनिलले जानकारी दिनु भयो

जलेखर्क बाङ्गेलाखुरी देखि काठमान्डू सम्मका लागि रात्रीकालिन गाडी संचालनको खबरले सो क्षेत्र लगाएत सल्यान बासिमा खुसी समेत छाएको छ।

प्रतिक्रिया दिनुहोस्