Logo

भागिरथलाई ‘मायाको पिरलो'(भिडियो सहित) !



Spread the love

लोक गायक भागिरथ चलाउने आफ्ना स्रोता एवम् दर्शकहरुको लागि नयाँ कोसेली ‘गीत’ मायाको पिरलो ल्याएर आएका छन् । चर्चित गायिका भुमिका गिरी र ‘सल्यानी छोरा’ चलाउनेको  सुमधुर स्वरमा सजिएको गीत नेत्र अर्यालले रचना गरेका हुन भने खेम सेन्चुरीको लय रहेको छ।  ‘गोरखपुरको  सलाई ‘हिट बनाएका भागिरथ र गिरीको जोडीले भुमिका गिरीको प्रस्तुतीका रुपमा ‘मायाको पिरलो’ बोेलको नयाँ लोक दोहोरी गीत बजारमा ल्याएको छ ।

भूमिका गीरी भाग्यमानि गायिका पनि हुन । भर्खरै  मात्र बजारमा सार्वजनिक गरिएको गीतमा चर्चित गायक तथा अहिलेका चर्चित मोडल रामजी खाँड र रश्मी तामाङको अभिनय रहेको गीत भूमिका गिरीले आफ्नै यूटुव च्यानल मार्फ सार्वजनि गरेकी हुन । यस गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन्।

भिडियो हेर्नको लागी तलको लिन्क क्लिक गर्नुहोस्!

https://youtu.be/niRUxjcQfd4

प्रतिक्रिया दिनुहोस्