सल्यरीखबर
,खानेपनी तथा सरसफाइ मन्त्रालयको आयोजनामा ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना अभिमुखीकरण कार्यशाला गोष्ठी बिहिबार सल्यानको खलंगामा सम्पन्न भएको छ ।
सन २०१७ सम्म नेपालीलाई खानेपानीको सुविधा प¥याउने उदेश्यले कार्यशाला गोष्ठी तय गरीय पनि २०७२ साल वैषाख १२ गते नेपालमा गएको विनाशकारी भुकम्पले गर्दा, यो कार्य अगाडि बढन नसकेको र २०१७ सम्म कार्य पुरा हुन नसके पनि अब यो कार्य अगाडि बढ्ने कार्यक्रममा बोल्ने ब्यत्तिहरुको भनाई रहेको छ ।
खानेपानिका मुहानहरु सधै सफा राख्नुपर्ने, धारामा पानि आएन भन्दैमा पाइप काट्ने काम गर्नुभन्दा त्यसको समस्या पत्ता लागाइ समाधान गर्नुपर्ने, महङगो पाइप वा धाराको टुटी प्रयोग गर्नुभन्दा सफा र सुरक्षित पानिको प्रयोग गर्नुपर्ने गमलामा वृक्षरोपन गर्नुभन्दा जमिनमा वृक्षरोपन गर्नुपर्ने लगाएतका कुराहरु कार्यक्रममा सहभागिहरुले बताएका थिए ।