Logo

ग्लोबल आइएमइ दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्डका लागि ५५ फोटो पत्रकार मनोनित



Spread the love

मुलुकभरका विभिन्न सञ्चार माध्याममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आइएमई बैँक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मनोनित भएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यहि वैशाख १३ गते वितरण हुन लागेको दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि ११ विद्यामा पाँच जनाका दरले ५५ जना मनोनित भएका हुन् ।
राजनीतिक, महिला, खेलकुद, दैनिक जिवन, पर्यटन र संस्कृति, मनोरञ्जन, मोफसल, सक्रिय फोटो पत्रकार, स्वतन्त्र फोटो पत्रकार, आर्थिक र अनलाइन विद्या रहेका छन् ।
मुख्य पाँचमा पर्न सफल फोटो पत्रकारलाई आज एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरियो ।
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका सचिव एवम् अवार्ड छनोट समितिका संयोजक प्रदीपराज वन्तले फोटो पत्रकारको कामप्रति हौसला बढाउनका लागि समूहले दुई वर्षदेखि विभिन्न संघ संस्थासँग सहकार्य गरेर अवार्ड प्रदान गर्दै आएको बताउनुभयो ।
वैशाख १३ गते वितरण हुने अवार्डमा प्रत्येक विद्यामा उत्कृष्ट हुनेलाई रु २५ हजार नगद, ट्रफि र

प्रमाणपत्र तथा सबै विद्याबाट सर्वोकृष्ट हुनेलाई रु ५० हजार नगद, ट्रफि र प्रमाणपत्र वितरण गरिने समूहका सदस्य राजेन्द्र चित्रकारले जानकारी दिनुभयो । साथै सल्लेरी खबरका फोटो पत्रकार संकर भुजेल सहित उत्कृष्ट ५ जनालाई समारोहका बिच प्रमाणपत्र सहित सम्मान गरिएको थियो।

तस्बिर:राष्ट्रिय फोटो पत्रकार समूह

प्रतिक्रिया दिनुहोस्