Logo

विश्व शान्ति पूजा गरिने



Spread the love

मुलुकमा १३२ फिट अग्लो बौद्ध स्तुपा निमाणार्थ यही वैशाख १० देखि १२ गतेसम्म बौद्धमा विश्व शान्ति पूजा गरिने भएको छ ।

मागी गुम्बा समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा धर्मगुरु कर्मा गुम्चेन लामाले रौतहटको चन्द्रनिगाहपुरमा नेपालकै अग्लो बौद्ध स्तुपा निर्माण गर्न लागिएको र त्यसका लागि आर्थिक सहयोग जुटाउन पूजा गर्न गरिने जानकारी दिनुभयो ।

बुद्ध जन्मभूमि नेपालमा हत्या, हिंसाका घटना हुनु दुःखद् भएको बताउँदै उहाँले भन्नुभयो, “आजका दिनमा हाम्रो मुलुकमा धेरै प्रकारका हिंसाका घटना घटिरहेका छन्, केही देशमा नरसंहार मच्चिएको छ, ती देशमा शान्तिको लागि हामीले २५६२ औँ बुद्ध जयन्तीका अवसरमा उक्त पूजामा विश्व शान्तिको कामना गर्दैछाँै ।”buddhaको लागि तस्बिर परिणाम

आदिवासी जनजाति अभियन्ता कृष्णकुमार घलानले व्यक्तिवादी सोचको अन्त्य गरी सामाजिक विकासका लागि बुद्धधर्मले सन्देश दिएको बताउँदै आयोजक संस्थाले जुन काम गर्दैछ, यो सत्कर्मको लागि होस्, आर्थिक पारदर्शीता होस्, बुद्धको नाममा कसैले पनि बेइमानी नगरोस्, सबै मानिसले एक अर्काप्रति सम्मान र मित्रवत् व्यवहार गर्नुपर्छ, भन्नुभयो ।

स्थानीय समाजसेवी गजलाल बाँस्कोटाले चन्द्रनिगाहपुरमा निर्माण गर्न लागिएको विशाल स्तुपाको सहयोगार्थ आयोजना गरिएको विश्व शान्ति पूजामा उपस्थित हुन आग्रह गर्नुभयो ।

 

मानव जीवनलाई करुणा, प्रेमको माध्यमबाट सम्पूर्ण प्राणी र चराचर जगत्को रक्षा गर्ने कार्यमा लगाउन सकिन्छ भन्ने बुद्धको पवित्र ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्