Logo

कौडीको भाउमा बहुमुल्य जडीबुटी ! ३० रुपैयाँमा बेचेको सामान २ हजारमा किन्नुपर्ने



Spread the love

सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियाँमा हाल्ने भारतीय मसलाको प्याकेट किने ।
एक सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी प्याकेट खोल्दा छक्क परे । 

प्याकेटभित्र त काउलाको पातको धुलो पो रहेछ, जडीबुटी व्यवासायीसमेत रहेका उनले भने, हामीले हामीले प्रतिकिलो ३० रुपैयाँमा विक्री गरेको काउलोको पातको भुलो हामीलाई नै २ हजारमा विक्री गर्दा रहेछन् । म त छक्कै परेँ ।

आफुले अति सस्तोमा बेचेको काउलोको पातलाई धुलो पारेर विक्री गर्न सकियो भने कैयोाँ गुणा बढी मुल्य पाईने देखेर  उनलाई बजारमा राम्रै माग रहेको चिया मसला व्यवसाय गर्ने सुर चल्यो उनी यसको उधोग खोल्नेबारे सल्लाह लिन र आवश्यक पर्ने सीप प्रविधि सहयोगका लागि धरेलु तथा साना उधोग विकास समितिको कार्यालय पुगे ।
त्यहाँ उनले न सल्ला पाए न सीप र प्रविधिको सहयोग, भन्ने खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्