आज कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिन |आजको दिन हरेक सन्तानले आआफ्ना बुबालाई मिठा-मिठा परिकार ख्वाएर धुमधामसँग मनाउने गर्दछन् | यो चाड फरक-फरक मितिमा विश्वभरि नै मनाउने गरिन्छ । देशै पिच्छे यो चाड मनाउने तरिका पनि भिन्न भिन्न हुने गरेको पाइएको छ ।
आजको यस बिशेष दिनका अवसरमा विश्वका केहि महान व्यक्तिहरुका विश्वप्रसिद्द मननीय भनाइहरुलाई नेपालीमा अनुवाद गर्ने सानो प्रयास गरेका छौ ।
१. “बुबाको हृदय सृष्टिको एक अद्भुत रचना हो ।”
– एबी प्रिभोस्ट
२.”जब बुबाले छोरालाई दिन्छ, तब दुबैजना हाँस्छन् । तर…जब छोराले केही दिन्छ, तब दुबै रुन्छन् ।”
– विलियम सेक्सपियर
३. “एउटा बुबा स्कुलका सैयौं शिक्षक भन्दा पनि कैयौं गुणा बढी हुन्छ ।”
– जर्ज हार्बर्ट
४. “मेरो बुबाले मलाई कहिल्यै जिउँने कला सिकाउनु भएन । बरू भरपुर जिउँनुभो, मैले हेरीरहें ।”
– क्लरेन्स बेल्यान्ड
५. “बाउलाई छोरो पाउन जति सजिलो छ । त्यति नै गाह्रो छ, छोरालाई एक असल बाउ पाउन ।”
– पोप जोन
“मातृ देवो भवःपितृ देवो भवःगुरू देवो भवः”(सन्दर्भ स्रोत:-पिनइन्ट्रेस्ट)