Logo

फेसबुक प्रेमीद्धारा बन्धक बनाई बलात्कार !



दुई बर्षसम्मको फेसबुक र फोनमा परेको लभ पछि रुकुमकी २७ बर्षीया एक युवती बाँकेको कोलहपुरका ३० बर्षीया तेजेन्द्र चिवारीसँग विवाह गर्न राजी भईन् ।

पोन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तविारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे । 

तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चौरजहारी बसर्र्पामा तिवारीसाग प्रत्यक्ष भेट भयो । फेसबुक र फोनमै सँगै जिउने र मर्ने कसम खाईसकेकाले त्यहि राति उनीहरु भागेर सुर्खेत आईपुगे ।

१० दिन सुर्खेत र नेपालगन्जका होटलमा बिताएपछि भारतको जुजरात पुगे ।

तिवारीले युवतीसँग चिनजान हुँदै आफु भारतीय प्रहरीको जागिरे रहेको बताउने गरेका थिए ।

गुजरात पुग्दासम्म तिवारस्ँग शंका गर्नुपर्ने कुनै ठाउँ थिएन ।

जब युती जुगारत पुगिन्, उनका कहालीलाग्दा दिन सुरु भए । जुजरात पुर्याएकै रातिबाट उनीमाथि सामुहिक बलात्कार हुन थाल्यो ।

होटलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्यो, युवतीले भनिन्, चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे ।

युवतीका अनुसार दैनिक तीनदेखि छजनासम्म युवक आउँथे बलात्कार गरेर जान्थे, प्रतिकार गर्न खोज्दा धम्की दिन्थे । भाषा बुझिन्थ्यो । युवतीको चित्कार आनेहरुले सुन्दैनन्थे भन्ने खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्