Logo

बालुवाटार बैठकमा निधि र रावल बिच हात हालाहालको अवस्था



Spread the love

nidhi ra rawal

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेकपा एमाले उपाध्यक्ष भीम रावलबीच संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न आज बालुवाटारमा बोलाएको तीन दलको बैठकमा विवाद बढे पछि हात हालाहालको अवस्थामा पुगेको हो ।

निधिले भारत भ्रमणका बेला संविधान संशोधनको विषयमा भारतीय प्रधानमन्त्री लगाएत भारतीय नेताहरू सँग कुरा गरेको भन्दै रावलले गम्भीर आपत्ति प्रकट गरेका थिए । जबाफमा निधिले ‘तपाईँलाई पनि विदेशीले सुझाव दिएका छन् र विदेशीलाई तपाईँले पनि जानकारी गराउनुभएको छ’ भनेपछी विवाद सिर्जना भएको थियो । रावललाई विदेशीले फन्डिङ गरेको आरोप निधीको थियो ।

विदेशीले फन्डिङ गरेको प्रमाण देखाउन रावलले भनेपछी निधिले आफूसँग प्रमाण रहेको बताएका थिए । तेसपछी नेताहरूको झगडाले उग्र रूप लिएर हात हालाहालको अवस्था पुगेपछि अन्य नेताहरुले मिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्