एजेन्सी । स्पेनिस टेनिस स्टार राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् । नाडालले शुक्रबार भएको पहिलो सेमिफाइनलमा सातौं वरीयताका इटालियन खेलाडी माटिओ बेरेटिनीलाई ३-१ को सेटमा पराजित गरेका हुन् ।
उनले खेल ६-३, ६-२, ३-६ र ६-३ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।
नाडालले उपाधिका लागि डानिल र स्टेफानोसबीचको विजेतासँग भिड्नेछ ।
प्रतिक्रिया दिनुहोस्