Logo

विवाह गर्ने उमेरमै सम्बन्धविच्छेद !



Spread the love

निशा चेपाङ १८ बर्षमा टेकिन ।

तीन छोराछोरीकी आमा उनलाई छाडेर पति सन्चालले दोस्रो विवाह गरे ।

उनी कान्छी लगेर राक्सिङराङ गाउँपालिका ७ धिराङको खोरिया फाँडेर बसेका छन् ।

१३ बर्ष पुग्न एक महिना बाँकी हुँदै निशाको सन्चलालसँग विवहा भएको थियो ।

बाबुआमाले मन्जुरीमै मागी विवाह गरिदिएका थिए ।

निशासँग अहिले ९ महिनादेखि चार बर्षसम्मका एक छोरा र दुई छोरी छन् ।

घरायसी उत्पादनले तीन महिना खान नपुग्ने उनलाई छोराछोरी हुर्काउन र पेट भर्न हम्मे छ ।

राक्सिराङ गाउँपालिकाको काँकडाका २१ बर्षीया रमिला चेपाङले पति आईतरामको दबाबमा अदालतबाट सम्बन्धविच्छेद गरिन् ।

५ वटा छोराछोरीकी आमा रमिलासँग आईतरामले एक बर्षअघि देखि सम्बन्ध तोड्न चाहेका थिए । तर उनले मानेकी थिईनन् रमिलालाई दबाद दिएर उनले अदालतबाटै सम्बन्धविच्छेद गर्न सफल भए भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्