Logo

शैक्षिक सत्र सुरु भएको चारमहिना वितिसक्दा पनि विद्यालयमा किताव पुगेन



Spread the love

booksशैक्षिक सत्र सुरु भएको चार महिना वितिसक्दा पनि सल्यान  जिल्लाको निगालचुलामा रहेको एक विद्यालयमा विद्यार्थीहरूले अहिले सम्म पुस्तक नपाएर पढाइमा समस्या भएको छ ।

श्री शिद्धेश्वरी ३ माझखर्कका विद्यार्थीले शैक्षिक सत्र सुरु भएको चार महिना पुग्दा समेत पुस्तक प्राप्त गर्न सकेका छैनन् ।
विद्यार्थी पुस्तक पुर्याउने जिम्मेवारी पाएको लक्ष्मी स्टेशनरीलाई बारम्बार पुस्तक उपलब्ध गरिदिने भने पनि अहिले सम्म नल्याएको  विद्यालयका प्रअ थमन बहादुर केसीले जानकारी दिए ।

पुस्तक नभएको भन्दै शिक्षकहरूले ९ र १० का विद्यार्थीलाई पढाउन अप्ठेरो भएको वताएका छन् । अहिले सम्म विद्यार्थीको हातमा पुस्तक पुग्न नसक्नु शिक्षा क्षेत्रको जिम्मेवारी लिएकाहरुको लापरबाही भएको अभिभावक केशव डागीले बताए ।

कक्षा ९ र १० नेपाली , ऐच्छिक अंग्रेजी,  स्वास्थ्य,  जनसंख्या र शिक्षा विषयका पाठ्यपुस्तक पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्