
३० पुस, काठमाडौं। महिनाको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ। आज सुन तोलामा दुई सय रुपैयाँले वृद्धि भई ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्