एजेन्सी । भारतीय गायिका लता मंगेशकरलाई कोरोनासँगै निमोनिया भएपछि आईसीयुमा राखेर उपचार गरिएको छ। मुम्बईको ब्रीच केण्डी अस्पतालका अनुसार मंगेशकरलाई कोभिड–१९ सँगै निमोनिया पनि भएको हो ।
उनी अहिले पनि आईसीयूमा रहेको र अझै १०/१२ दिन निगरानीमा रहने चिकित्सकहरुले बताएका छन्।
९२ वर्षकी मंगेशकरलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्