Logo

“बा एण्ड बु ” लाइभ म्युजिक रेस्टुरेन्टमा युवाहरुको बढ्दो आकर्षण



Spread the love

 

पछिल्लो  समय राजधानीमा लाइभ म्युजिक रेस्टुरेन्टको ट्रेण्ड बढ्दै गइरहेको छ । यस्तै सन्चालन रेस्टुरेन्ट भैरहेको सन्दर्भमा झम्सिखेल ललितपुरमा “बा एण्ड बु “नामक एक लाइभ म्युजिक सहितको रेस्टुरेन्ट संचालनमा आएको छ। मनोरम वातावरण सहितको उक्त सुबिधासम्पन्न रेस्टुरेन्टको उत्घाटन पुर्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ” प्रभाकर ” ले  गरेका थिए ।

युवा ब्याबसायी जनक सिंह ठकुरीको लगानिमा संचालित उक्त रेस्टुरेन्टमा पर्याप्त स्पेस रहेको छ। राजधानीको ब्यास्त जिवनशैलिका विच स्वादिष्ट खानाको स्वादमा लाइभ म्युजिकमा रम्न चाहानेहरुको लागि “बा एण्ड बु ” उत्कृष्ट गन्तव्य बन्न सक्ने संचालक ठकुरीले बताए ।

ललितपुरको महत्त्वपूर्ण ठाउमा संचालीत उक्त रेस्टुरेन्टमा सेमिनार तथा इभेण्टको लागि पनि सुविधा उपलब्ध छ । र पछिल्ला दिनहरुमा यस्ता लाईभ रेष्टुराहरुमा युवाहरुको बढ्दो आकर्षण रहेको एक अध्ययन ले पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्